सुदूरपश्चिम

आफ्नै गृह नगरमा एक्लिए भीम रावल

इकागज |
भदौ १७, २०७८ बिहीबार ११:२२ बजे

फाइल तस्‍बिर

कैलाली - नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नै गृह नगरमा एक्लिएका छन् । एमालेबाट निर्वाचित साँफे नगरपालिकाका प्रमुख कुलबहादुर कुवँरले समेत नेकपा एकीकृत समाजवादी रोजेका छन् । तर, उपप्रमुख बिमलादेवी बुढ्थापा भने अहिलेसमम तटस्थ बसेकी छिन । 

नेता रावलको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमन र अतिवाविरुद्ध लडेको बताउने कुवँरले अन्तिममा रावलले अडान लिन नसकेकोलेसाथ छोडेर विद्रोह गरेको बताए ।


२०७४ को स्थानीय तह निर्वाचनमा अछामका १० स्थानीय तहमध्ये एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुख र एक गाउँपालिकाको अध्यक्ष जितेको थियो । एक गाउँपालिका र एक नगरपालिकाका प्रमुखले एकीकृत समाजवादी रोजेका छन् । कुवँरसंगै समाजवादी पार्टी रोज्नेमा चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद पनि रहेका छन् । 

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा र उपप्रमुख सरिता उपाध्याय पार्टी विभाजनपछि एमालेमै रहने भएका छन् ।  अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मिना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले यस अघि नै एकीकृत समाजवादी रोजिसकेका छन््।
 


Author

थप समाचार
x