सुदूरपश्चिम

सुदूरपश्चिम समाजवादी दलको नेता तामाङ कि सोडारी ? संसदीय दलको बैठक बस्‍दै

इकागज |
भदौ २८, २०७८ सोमबार ९:४६ बजे

कैलाली - नेकपा एमालेबाट विभाजनपछि सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादीको पहिलो संसदीय दलको बैठक आज बस्ने भएको छ । दल गठनपछि पहिलो पटक बस्न लागेको बैठकले संसदीय दलको नेता चुन्ने, दललाई व्यवस्थित र एकताबद्ध बनाएर लैजाने विषयमा छलफल हुने बताइएको छ ।

नेकपा समाजवादीका कञ्चनपुर अध्यक्ष तथा प्रदेश सभा सदस्य तारा लामा तामाङले समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुको बैठक बस्ने जानकारी दिए । उनले बैठकको छलफलको एजेण्डा भने तय नभइसकेको बताउदै पार्टीलाई कसरी एकताबद्ध र व्यवस्थित गरेर लैजाने भन्ने बिषयमा मुख्य ध्यान केन्द्रित हुने बताए ।


संसदीय दलको नेता को हुने बिषय टुंगो नलागेतापनी तारा लामा तामाङ र दीर्घ सोडारीमध्ये एक जना संसदीय दलको नेता बन्ने संभावना रहेको बताइएको छ । आज बस्ने संसदीय संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने संभावना रहेको नेकपा एकीकृत समाजवादीकी संस्थापक केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताईन् । बैठक संसदीय दलको नेता चयन, दलको बिधान निर्माण र रिक्त रहेका मन्त्रालयहरूमा मन्त्री चयन गर्ने विषयमा केन्द्रित हुने नेता जोशीले बताइन् ।


Author

थप समाचार
x