सुदूरपश्चिम

थारु भाषालाई नसमेटेको भन्दै धनगढीमा प्रदर्शन

इकागज |
भदौ २८, २०७८ सोमबार १३:५७ बजे

कैलाली- भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै आज धनगढीमा प्रदर्शन गरिएको छ ।

नेपाल राना थारु महासंघ लगायत राना थारु समुदायसंग सम्बन्धित विभिन्न संघ संस्थाले धनगढी चौराहा देखि पार्कमोड सम्म र्‍यालीको आयोजना गरेर विरोध गरेका हुन ।


आफ्नो हक अधिकारका लागि जस्तो सुकै आल्दोलन गर्ने तयार रहेको र आवश्यकता अनुसार आन्दोलनको सोरुप परिवर्तन गर्दै लैजाने संयोजक कृपाराम रानाले बताए । उनले आफ्ना माग सम्बोधन नभए आन्दोलन झन कडा पारिने बताए ।


Author

थप समाचार
x