सुदूरपश्चिम

बझाङ जाँदै गरेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा एकको मृत्यु

इकागज |
भदौ २९, २०७८ मंगलबार ७:१९ बजे

कैलाली- महेन्द्रनगरबाट बझाङ जाँदै गरेको पवनदुत यातायातको यात्रुवाहक बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले सु.प.प्र ०२ ००१ ख ११५६ नम्बरको बसमा आज बिहान १:३० बजेतिर बैतडीको पाटन नगरपालिका ८ रौलेकमा माथिबाट ढुङगा खस्दा बझाङको थलराका १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको बताए । 


बसमा सवार कैलालीको धनगढी उपमहानगरपालिका ४ ओम शान्ति टोलका माधव भट्ट, जयपृथ्वी नगरपालिका ११ का हरिप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का घाइते भएको प्रहरी उपरीक्षक गौतमले बताए । उनले घाइतेहरुको अवस्था भने सामन्री रहेको जानकारी दिए ।


Author

थप समाचार
x