सुदूरपश्चिम

बन्द पूर्वपश्चिम राजमार्ग सुचारु

इकागज |
भदौ ३०, २०७८ बुधबार १३:२५ बजे

कैलाली- एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि बन्द रहेको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ ।  

अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले बुधबार कृष्णपुर नगरपालिका ५ ठक्कर दिँदा साइकल यात्री सोही ठाउका ४५ बर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएपछि स्थानीयले बिहान छ बजे देखिराजमार्ग अवरुद्ध पारेका थिए । 


जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले मृतकका आफन्त र रेडक्रसकर्मीबीच छलफल जारी रहेको बताउदै राजमार्ग सुचारु भएको जानकारी दिए । 

एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी कञ्‍चनपुर शाखाको रहेको प्रहरीले जानकारी दिएको छ ।
 


Author

थप समाचार
x