सुदूरपश्चिम

सुदूरपश्चिममा भूकम्पको धक्का

इकागज |
असोज ४, २०७८ सोमबार १७:३० बजे

कैलाली - सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आज भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दार्चुलाको खार केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो साढेचार बजे ४.२ म्याग्निट्युडको भुकम्प गएको जनाएको छ। भुकम्पले पुर्‍याएको क्षतिबारे अहिलेसम्म कुनैपनि जानकारी नआएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जानकारी दिएको छ ।



Author

थप समाचार
x