सुदूरपश्चिम

वडा कार्यालयको भवन बनेपछि सेवामा सहज

इकागज |
असोज ६, २०७८ बुधवार १५:३५ बजे

कैलाली - १९ वटा वडा कार्यालय रहेको धनगढी उपमहानगरपालिकाले आफ्नै सुविधा सम्पन्न ९ ओटा वडा कार्यालयबाट सेवा दिईरहेको छ । पहिले भाडाको घरमा बस्नुपर्दा स्थान अभावका कारण सेवाग्राहीलाई सेवा दिन समस्या रहेको बताउदै वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले आफ्नै भवन भएपछि निकै सहज भएको बताए । 

धनगढी उपमहानगरपालिकाले अहिलेसम्म वडा नम्बर ८, ११, १२, १३, १६  मा आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गरिसकेको बताउदै उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले ३, ५, ६, ७, ९, १४ र १७ नम्बरका वडा कार्यालयहरु निर्माणको अन्तिम चरणमा रहेको बताए । आफ्नै पुरानो भवन रहेको वडा नम्बर १०, १५, १८ र १९ लाई समेत सुविधा सम्पन्न बनाइएको मेयर वडले बताए । 


त्यस्तै बाकी रहेका १, २ र ४ नम्बरका वडा कार्यालयहरु समेत आफ्नै भवनबाट कामकाज शुरु गर्ने बारे जग्गा प्राप्तिको काम भइरहेको मेयर वडले बताए । 
 


Author

थप समाचार
x