सुदूरपश्चिम

बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया तीन महिनादेखि प्रमुख बिहीन

इकागज |
असोज ७, २०७८ बिहीबार १३:३६ बजे

कैलाली- सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया विगत ३ महिनादेखि प्रमुख बिहीन रहेको छ । 

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइज) प्रमुख रहेने उक्त मुख्यालयमा तत्कालीन डीआइजी प्रविण श्रेष्ठले अवकाश पाएपछि निमित्तको भरमा सञ्‍चालनमा रहेको छ । 


गत असार ७ गते सेवा निबृत भएका श्रेष्ठ पछि अहिलेसम्म कुनै पनि डीआइजीहरू यहाँ आउन नमानेको श्रोतले जानकारी दिएको छ ।

सुदूरपश्चिम पठाउन खोजिएका केही डीआइजीले शक्तिकेन्द्रको पावरमा यहाँ आउन नमानेको बताइएको छ । बरु पुर्व जहाँ पठाएपनि जान इच्छुक रहेका डीआइजीहरू सुदुरपश्चिम भन्‍ने बित्तिकै आउन नचाहेका हुन । 

विगतमा समेत धेरै डीआइजीहरूले सुदुरपश्चिम नरुचाएपछी सुदुरपश्चिम घर भएका डीआइजीहरूलाई पठाउने गरेको बिभागले अहिलेसम्म पनि डीआइजी पठाउन नसक्नुलाई संगठन प्रमुखकै कार्यक्षमतामा प्रश्न उठाउन थालिएको छ ।


Author

थप समाचार
x