सुदूरपश्चिम

बैतडीका ९ वटै स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्‍न

इकागज |
असोज १०, २०७८ आइतबार १२:३५ बजे

कैलाली - बैतडीका ९ वटै स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको छ। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीमा शनिबार गाउँ–नगर अधिवेशन सम्पन्न भएको हो। अधिबेशनबाट सुर्नया गाउँपालिकामा प्रतापसिंह महरा, शिवनाथ गाउँपालिकामा हिरा चन्द, पञ्चेश्वर गाउँपालिकामा रामबहादुर चन्द, दशरथचन्द नगरपालिकामा भुवन राज भट्ट बिजयी भएका छन्।

त्यस्तै पुर्चौडी नगरपालिकामा गणेश सिंह गडाल, दोगडाकेदार गाउँपालिकामा नन्दराज भट्ट, मेलौली नगरपालिकामा प्रमानन्द भट्ट, सिगास गाउँपालिकामा कर्णबहादुर ऐर र डिलाशैनी गाउँपालिकामा जयराज जोसी निर्वाचित भएका छन्।



Author

थप समाचार
x