सुदूरपश्चिम

धनगढीमा ९३८२ जनाले कोभिडविरुद्धको पहिलो खोप लगाए

इकागज |
असोज ११, २०७८ सोमबार ८:४९ बजे

कैलाली- धनगढी उपमहानगरपालिकाका १९ वटा वडामा आइतबार ९ हजार ३८२ जनाले कोभिड-१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाएका छन् । 

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट ५ हजार ६८७ महिला र ३ हजार ६९५ पुरुष गरि ९ हजार ३८२ जनाले कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाएको बताए । 


यस अघि उपमहानगरपालिकाका १९ वडाको २२ स्थानमा आज पनि खोप लाउने भनिएको भएता पनि सोमबार (आज) उपमहानगरपालिकाको ८ वटा वडामा मात्रै खोप लाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । 

खोपको लागि ४५ वर्षभन्दा माथिका नागरिक र १८ वर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको बताउँदै बोहराले उपमहानगरपालिकाका २, ४, ७, १२, १३, १४, १८ र १९ नम्बर वडामा आज खोप लगाइने बताए । 

उपमहानगरपालिकाका मेयर नृपबहादुर वडाले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन् । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।


Author

थप समाचार
x