सुदूरपश्चिम

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्‍यु

इकागज |
असोज २८, २०७८ बिहिवार ११:५१ बजे

कैलाली- कैलालीको पूर्व-पश्चिम राजमार्गको आमबगीया भन्ने ठाँउमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका –२ आमबगीयामा से २ प ५९५२ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ मोटरसाइकल चालक गौरीगंगा –१ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतीक बिष्टले बताए । उनले दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय हरि चौधरी र २२ वर्षीय डबल बोहोरा घाइते भएको बताए । तीब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ ।



Author

थप समाचार
x