सुदूरपश्चिम

कांग्रेस मतगणनामा झडप, तीन घाइते

इकागज |
मंसिर १०, २०७८ शुक्रवार ११:७ बजे

कैलाली- नेपाली काँग्रेस दार्चुलाको १४औँ महाधिवेशनका लागि भएको निर्वाचनपछि मतगणनामा झडप भएको छ । दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो ।

झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउँदलगायत घाइते भएका छन् । घाइते सबै धामी पक्षका कार्यकर्ताहरु रहेको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।


नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमतिको प्रयास सफल नभएपछि बिहीबार मतदान भएको थियो।

झडप भएपनी मतगणना भने जारी राखेको जनाइएको छ। दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले सामान्य झडप भएको बताउदै मतगणना भने जारी रहेको बताए ।


Author

थप समाचार
x