सुदूरपश्चिम

समाजवादी पुर्चौडी नगर अध्यक्षमा बोहरा

इकागज |
मंसिर ११, २०७८ शनिवार ७:३७ बजे

बैतडी- नेपाल (एकीकृत समाजवादी) पुर्चौडी नगर कमिटी अध्यक्षमा रमेश बोहरा चयन भएका छन् । नगर अधिवेशनले बाेहराकाे अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेकाे पार्टी जिल्ला उपसचिव गौरिदत्त भट्टले जानकारी दिए । 

नगर उपाध्यक्षमा प्रेम साउँद र नरेन्द्र विष्ट चयन भएका छन् । सचिवमा वीरेन्द्र जागरी, सहसचिवमा बिर्खबहादुर धामी, जनक धानुक र प्रेम धामीलाई चयन गरिएको छ । 


डिलाशैनी गाउँपालिका-७ मा पनि वडा कमिटी गठन गरिएको छ । धौलसिंह धामीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको विद्यार्थी नेता सुवास बोहराले बताए ।


Author

थप समाचार
x