सुदूरपश्चिम

गाडीको ठक्करबाट वृद्धको मृत्यु

इकागज |
मंसिर १९, २०७८ आइतबार ९:१४ बजे

सांकेतिक तस्बिर

कञ्‍चनपुर- कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् । 'ठक्कर दिने गाडीको पहिचान भइसकेको छ,' प्रहरी निरीक्षक बोहराले भने, 'चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।'

स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।



Author

थप समाचार
x