सुदूरपश्चिम

एमाले अधिवेशन : ७० मत खसाल्न तीन घण्टा

इकागज |
पुस २७, २०७८ मंगलबार १३:४४ बजे

अछाम- नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै ढिला भएको छ। बिहान ९ बजे सुरू भएको मतदानमा तीन घन्टामा ७० मत मात्रै खसेको मतदान अधिकृत कृष्णप्रसाद ढुंगानाले जानकारी दिए । 

बिहान ९ बजेदेखि लाइन लागे पनि मतदान गर्न सकस भएको मतदता सीता कुँवरले बताइन । आयोजक कमिटीले मतदान स्थान व्यवस्थित नबनाएका कारण ढिलाइ भएको मतदाताहरूको गुनासो छ । यहि गतिमा मतदान भए सबै मतदाताले मतदान गर्न तीन दिन लाग्नेछ ।


मतदान प्रक्रियालाई चाडो गर्न भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य अछाम जिल्ला ईन्चार्ज झपट बोहरा, अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थल मै पुगेका छन् ।


Author

थप समाचार
x