सुदूरपश्चिम

कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

इकागज |
माघ ९, २०७८ आइतबार १३:३२ बजे

धनगढी- कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ ।

नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल लगायतका अति आवश्यक सेवा भने सो अवधिमा पनि नियमित हुने सुचनामा उल्लेख छ ।



Author

थप समाचार
x