कोभिड-१९ सङ्क्रमित वृद्धको मृत्यु
कैलाली - सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोभिड-१९ सङ्क्रमित वृद्धको आज विहान मृत्यु भएको छ । गोदावरी नगरपालिका-५ का ६२ वर्षीय वृद्धको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार ती वृद्धलाई माघ ११ गते कोभिड पुष्टि भएको थियो ।
आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया