सुदूरपश्चिम

अछामका खड्का मलेसियामा मृत भेटिए

इकागज |
माघ ३, २०७७ शनिबार १७:१५ बजे

कैलाली : एक नेपाली युवक मलेसियामा मृत फेला परेका छन् । सुदूर-पश्‍चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय सदस्यसमेत रहेका कमल खड्का मृत फेला परेका हुन् ।

समाजका अनुसार २५ वर्षीय खड्का आफ्नै कोठामा मृत फेला परेका हुन । मृत्युको कारण भने खुलेको छैन । 


उनको घर अछामको साँफेवगर नगरपालिका वडा नं १० घुघुरकोट हो । उनी चार बर्ष अगाडि रोजगारको लागि मलेसिया गएका थिए ।
 


Author

थप समाचार
x