सुदूरपश्चिम

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

इकागज |
कात्तिक १३, २०७७ बिहीबार १६:३७ बजे

दार्चुला : दार्चुलामा आफैले चलाएको ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-५ घोडेभित्तामा ट्याक्टरले च्यापिएर दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी भास्कर चन्दले बताए ।  

लटिनाथानबाट मकरीगाड हाइड्रो पावरमा सिमेन्ट लैजाने क्रममा उनलाई आफैले चलाएको ट्याक्टरले च्यापेको थियो ।
ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटना स्थलमै मृत्यु भएको चन्दले बताए ।



Author

थप समाचार
x