सुदूरपश्चिम

सुदूरपश्चिम कांग्रेस सरकारमा जाँदै

दीपक उपाध्याय |
चैत २४, २०७८ बिहीबार १३:३० बजे

कैलाली - नेपाली काँग्रेसले केही दिनमै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी जनाउने भएको छ । गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको एक नेताले बताए ।

काँग्रेस सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश सरकारमा सहभागिताबारे केन्द्रबाट खबर आएको बताउदै आज साँझसम्ममा मन्त्रालयको टुंगो लाग्ने बताए । स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुनुअघि सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको सभापति बलायरले बताए । यही चैत्र २५ गतेबाट निर्वाचन आयोगले चुनावी आचारसंहिता लगाउने बारे तयारी समेत थालेको छ ।


सुदूरपश्चिम प्रदेशमा बुधबार बिहान बसेको प्रदेशस्तरीय गठबन्धनको बैठकले चुनावी तालमेलबारे छलफल केन्द्रित भएको बताउदै सभापति बलायरले सरकारमा काँग्रेसको सहभागिताबारे सकारात्मक छलफल भएको बताए । प्रदेश सरकारमा सत्तासीन दल माओवादी केन्द्र र एकीकृत समाजवादी काँग्रेसलाई सरकारमा सहभागी गराउन सहमत भएका छन् । तर मन्त्रालयगत भागबण्डामा कुरा मिलाउन बाँकी रहेको छ ।

सत्ताको नेतृत्व माओवादीले गरेपनि काँग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले मन्त्री फिर्ता बेलाउनु पर्ने अवस्था छ। अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् । अब सुदूरपश्चिममा एकीकृत समाजवादीलाई ४, माओवादी र काँग्रेसलाई २–२ वटा मन्त्रालय राखेर जान सकिने काँग्रेसले प्रस्ताव अघि सारेको छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x