सार्क

स्वतन्त्रताको स्वर्णीम जयन्ती : विश्‍वको ध्यान खिच्दै बंगलादेश

राम रिसाल |
चैत २८, २०७७ शनिवार १७:२७ बजे

ढाका : दक्षिण एसियाको उदाउँदो मुलुक बंगलादेशले गत मार्च महिनामा विश्‍व समुदायको ध्यान ढाका तर्फ आकर्षित गरायो । मुलुकको स्वतन्त्रताको स्वर्णिम जयन्ती र राष्ट्रपिता बङ्‍गबंधु शेख मुजीबुर रहमानको जन्म शताब्दीको अवसरमा भव्य कार्यक्रम गरेर बंगलादेशले विश्‍वको ध्यान आफूतर्फ खिचेको हो ।

विश्‍वका नेतहरू अमेरिकी राष्ट्रपति जो वाइडन, चिनियाँ राष्ट्रपति सि चिनफिङ, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, रसियन राष्ट्रपति भ्लादिमीर पुटिन, क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रूडो, जापानी प्रधानमन्त्री योशिहिदा सुगादेखि राष्ट्रसंघ महासचिव एन्टोनियो गुर्टेरससमेतले बधाई सन्देश पठाउँदै बंगलादेशको विकास र प्रगतिको प्रशंसा गरेका थिए ।


पाँच दक्षिण एसियाली मुलुकका राष्ट्र एवं सरकार प्रमुखहरू त आलो-पालो ढाका पुगेर नै समारोहमा सहभागी भए । दोहोरो उत्सव मनाउने समारोहलाई  क्षेत्रीय नेताहरूले पुर्नमिलनको एउटा  दरिलो  अवसरको  रूपमा मनन गर्दै  क्षेत्रीय एकीकरणलाई अझै सुदृढ पार्न सम्पर्क संजाल, व्यापार र पर्यटनलाई बढावा दिने अफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

विभिन्‍न महाद्विपमा बंगलादेशका मिसनहरूले उत्सव मनाएका थिए । कार्यक्रममा मन्त्रीहरू, राजनीतिज्ञहरू, कूटनीतिज्ञहरू, अधिकारीहरू र शिक्षाविद्हरू पनि सामेल भए । मार्च २६ मा लण्डन आई, यूरोपको सबैभन्दा अग्लो क्यान्टिलिभर्ड अवलोकन गर्ने चक्का (व्हिल)  हरियो र रातो रंगले रंगियो । जुन बंगलादेशको झन्डाको रंग हो ।

उपरोक्त  समारोहरूमा सामेल भएर विश्‍वका नेताहरूले विश्‍व मञ्‍चमा बंगादेशको छवि र स्थिति सुदृढ पार्ने अवसर सिर्जना गरेका थिए । छोटो समयमा बंगलादेशले गरेको प्रगतिलाई धेरैले प्रशंसा गरिरहेका छन् । पाकिस्तानबाट छुट्टै मुलुक बनेको बंगलादेशले स्वतन्त्रताको स्वर्णिम जयंती र राष्ट्रपिता बङ्‍गबंधु शेख मुजीबुर रहमानको जन्म शताब्दी  मनाउने समारोह विश्वव्यापी ध्यान बंगलादेशमा केन्द्रित गर्ने उत्शव नै भएको थियो । बंगलादेशले आफ्नो सफलताहरू प्रदर्शन गर्ने सुनौलो अवसर प्राप्त गर्‍यो ।

सन् १९७२ मा त्यस बेलाका अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरले  बंगलादेशलाई पिंध नभएको टोकरी (बटम लेस बास्केट)  अर्थात सामुन्द्रिक चक्रपात, बाढी र भोकमरीको पर्यायवाचीको रूपमा परिभासित गरेका थिए । तर, आज बंगलादेश नव एसिएन बाघको रूपमा उदयमान भइसकेको निष्कर्ष अर्थ क्षेत्रका विज्ञहरूको छ ।

सन् २०१६ मा विकाशसिल  राष्ट्रमा स्तरोन्‍ती हुँदै २०३० मा मध्य आय विकाशसील र २०४० मा विकसित राष्ट्र हुने निरन्तरको अथक प्रयाशमा ढाका अग्रसर छ । अवश्य पनि, सेख हसिनाको दुई दशकभन्दा बढीको नेतृत्व र बंगलादेशी जनताको अथक प्रयासको  मुक्त कण्ठले प्रसंशा पनि विश्‍वमा भएको छ । भारत र चीनसँग बंगलादेशले अपनाएको सन्तुलित कूटनीतिबाट नेपाल जस्तो मुलुकले सिक्न आवश्यक रहेको विज्ञहरूले सुझाउँदै आएका छन् ।


Author

थप समाचार
x