सूचना-प्रवधि

'फेकन्युज' कसरी चिन्‍ने ?

इकागज |
असोज १, २०७९ शनिवार ८:३४ बजे

काठमाडौँ - प्रविधिको विकाससँगै सामाजिक सञ्जाल समाचारको पहिलो श्रोत बन्न थालेका छन्। मानिसहरू कुनै पनि समाचार थाहा पाउन सामाजिक सञ्जालको प्रयोगको क्रम बढ्दो छ। फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा आएको समाचारलाई नै कतिपयले वास्तविक समाचार भनेर पनि विश्वास गर्ने गरेका छन्।

सामाजिक सञ्जालमा आउने सबै सामग्रीहरू आधिकारिक र विश्वसनीय हुँदैनन् । सामाजिक सञ्जालमा आउने र आएका गलत समाचारहरूले बेलाबेला भ्रम फैलाउने गरेका छन् । अमेरिकी राष्ट्रपति चुनावदेखि विभिन्न देशका स-साना घटनामा पनि सामाजिक सञ्जालले भ्रम पैदा गरेका थिए।


हाल नेपालका सम्पूर्ण मिडियाले आफ्ना समाचार सामाजिक सञ्जालमा सेयर गर्ने गरेका छन् । नेपालमा युट्युब तथा फेसबुक लगायतका टुल प्रयोग गरी यसबाट पैसा कमाउनका लागि केही समाचार साइटहरूले गलत तथा तथ्यहिन समाचार सामाग्री समेत सेयर गर्ने गरेका हुन्छन् र यस्ता समाचार सबैभन्दा धेरै सेयर भैरहेका   पनि हुन्छन् ।

गलत समाचार कसरी चिन्ने?

यसका लागि सबैभन्दा पहिला त प्रयोगकर्ता आफै सजग हुन जरुरी छ। सामाजिक सञ्जाल तथा इन्टरनेटमा आएका हरेक समाचारमा विश्वास गरिहाल्नु हुँदैन । आफूलाई कुनै समाचारप्रति शंका लागेमा त्यस्ता समाचारलाई अन्य विश्वासिला साइटहरू खोलेर हेर्ने गर्नुपर्छ। 

कतिपयले तपाईंलाई गलत समाचार लेखेर मनग्य आम्दानी गरिरहेका हुन्छन् । त्यस्ता समाचारहरू जुन गलत छन् भने त्यसलाई तपाईंले रिपोर्ट गर्न सक्नुहुन्छ। समाजिक सञ्जाल अनुसार त्यसको छेउमा रिपोर्ट गर्न मिल्ने विकल्प दिइएका हुन्छन् । यसको प्रयोग गरेर पनि त्यस्ता समाचार लेख्ने र अन्य प्रयोगकर्तालाई गलत समाचार पढ्नबाट रोक्न सक्नुहुन्छ । 

कुनै पनि पनि समाचार गलत लागेमा तपाईं त्यसमा लाइक वा कमेन्ट नगर्नुहोस् किनभने धेरैले लाइक तथा कमेन्ट गरेका यस्ता समाचारलाई सामाजिक सञ्जालले धेरैभन्दा धेरै प्रयोगकर्तामा पुर्‍याउँछ।

​कतिपय अवस्थामा भाइरल भैरहेका विषयहरूमा गलत सामाग्री बनाएर पनि सामाजिक सञ्जालमा सेयर भैरहेका हुन्छन् । त्यसैले यस्ता सामाग्रीहरूलाई सकेसम्म फैलिनबाट रोक्नुहोस् । 

सामाजिक सञ्जालमा धेरै फलोअर्स भएकाहरूबाट पनि कतिपय अवस्थामा गलत सामाग्री तथा भिडिओहरू सेयर भैरहेका हुन्छन् यस्ता  त्यसैले यस्ता अकाउन्टबाट प्रेसित हुनसाथ सही हो भनेर सेयर नगर्नुहोस् ।

साइटको लिंक (युआरएल) कस्तो छ लगायतका कुराहरू पनि विचार गर्नुहोस् । कतिपयले गलत सामाग्री बेच्नका लागि पनि गलत लिंकहरूको प्रयोग गर्ने गरेका छन् ।

गलत समाचारले भ्रम फैलाएको भन्दै फेसबुकको पनि आलोचना हुन थालेपछि त्यसलाई रोक्न फेसबुकले विभिन्न कदम चाल्न सुरु गरेको छ । गलत समाचारबाट कसरी जोगिने भन्ने बिषयमा फेसबुकले एउटा निर्देशिका नै जारी गरेर प्रयोगकर्तालाई सचेत बनाएको छ ।

 

  • हेडलाइन भेरिफाई गर्नुहोस्: गलत समाचारहरूको हेडलाइन सनसनीपूर्ण हुन्छन् । तर, हेडलाइनमा लेखिएका कुरा अपुष्ट र प्राय असत्य हुने गर्छन् । त्यसैले हेडलाइन पढेको भरमा धारणा नबनाउनुस् ।
  • यूआरएललाई ध्यान दिएर हेर्नुहोस्ः नक्कली र दुरुस्त देखिने यूआरएलले हावादारी समाचारको संकेत गर्छ । धेरै झूटो न्यूज दिने साइटहरूले यूआरएलमा अलिकति परिवर्तन गरेर आधिकारिक समाचार स्रोतहरूको नक्कल गर्छन् । स्थापित स्रोतहरूसँग यूआरएल तुलना गर्नका लागि साइटमा जान सक्नुहुन्छ ।
  • स्रोतको अनुसन्धान गर्नुहोस्ः विश्वास गर्न लायक स्रोतले समाचार लेखिएको कुरा निश्चित गर्नुहोस् अपरिचित स्रोतबाट समाचार आएको छ भने उक्त स्रोतको ‘एबाउट’ सेक्सनमा जानुस् र अध्ययन गर्नुहोस् ।
  • असामान्य ढाँचा हेर्नुहोस्ः धेरै झूटा समाचार साइटहरूमा स्पेलिङ गल्ती र अमिल्दो ढाँचा पाइन्छ । यस्ता कुराहरू देख्नुभयो भने राम्ररी हेर्नुस् ।
  • तस्वीरहरू विचार गर्नुहोस्ः अफवाह फैलाउने समाचारहरूमा प्राय फोटोसप गरिएका तस्वीर र गलत भिडियोहरू प्रयोग गरिएका हुन्छन् । कहिलेकाहीँ तस्वीर आधिकारिक पनि हुन सक्छ तर अर्कै सन्दर्भमा खिचिएको । यो तस्वीर कुन स्रोतबाट आएको भनेर गुगलबाट खोज्न सकिन्छ ।
  • मिति हेर्नुहोस्ः गलत समाचारहरूमा टाइमलाइन पनि दिइएको हुन्छ जसको कुनै अर्थ हुन्न, वा घटनाको मितिलाई बदलिएको हुन्छ ।
  • प्रमाण खोज्नुहोस्: समाचार सही हुन् भनेर निश्चित गर्न लेखकको स्रोत परिक्षण गर्नुहोस् । प्रमाणको अभाव वा बेनामे विशेषमाथि भर परिएका समाचारहरू झूटा हुन सक्छन् ।
  • अन्य रिपोर्टहरू हेर्नुहोस्ः यदि अरु कुनै पनि स्रोतले उक्त समाचार दिएका छैनन् भने त्यो हावा हुन सक्छ । यदि एक भन्दा बढि स्रोतहरूले उक्त समाचार दिएका छन् भने त्यसमा विश्वास गर्नुपर्ने हुन्छ ।
  • कतै जोक त होइन रु स् कहिलेकाहीँ हास्य-व्यङ्ग्यका रुपमा प्रकाशित गरिएका सामग्रीले पनि झुक्याउन सक्छ । समाचार स्रोत हास्य व्यंग्यात्मक हो कि होइन, परिक्षण गर्नुहोस् ।
  • कुनै समाचार नियतवश झूटा हुन्छन्: आफूले पढेका समाचारलाई आलोचनात्मक रुपमा सोच्नुस् । ती समाचारको विश्वसनीयतामा ढुक्क भएपछि मात्र सेयर गर्नुहोस् ।

 


Author

थप समाचार
x