सूचना-प्रवधि

ट्‌वीटरले हटायो आधा कर्मचारी

इकागज |
कात्तिक १९, २०७९ शनिबार ७:२४ बजे

न्युयोर्क- विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्‌वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।

मस्कले लागत घटाउनको लागि ट्‌वीटर इंकमा  आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्‌वीटरका एकमात्र निर्देशक र सीईओ एलन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।​


मस्कले अक्टोबर २८ मा ट्‌वीटरको ४४ अर्ब डलरमा ट्‌वीटरको स्वामित्व लिएका थिए । स्वामित्व लिएपछि मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् । एजेन्सी
 


Author

थप समाचार
x