सूचना-प्रवधि

लिन्डाले सम्हालिन् ट्‌वीटरको सिईओको जिम्मेवारी

इकागज |
जेठ २४, २०८० बुधवार ६:३१ बजे

काठमाडौँ- लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्‌वीटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन् ।

लिन्डा आफैले ट्‌वीट गर्दै यसको जानकारी दिएकी हुन् । 'यो भयो- पहिलो दिन ! सम्पर्कमा रहनुहोस् ।'


ट्‌वीटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए । 

लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छिन । उनले गत महिना भनेका थिए, ‘उनी ट्‌वीटर २.० सिर्जना गर्न तथा मस्क र लाखौं प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन् ।’

लिन्डाले आफ्नो करियरमा आफूलाई एक कुशल विज्ञापन कार्यकारीको रूपमा स्थापित गर्न कडा मेहनत गरेकी छिन् । उनी २०११ मा एनबीसी युनिभर्सलमा सामेल भइन्, जब कम्पनी कम कास्टसँग मर्जरको अन्तिम चरणमा थियो। दुवै कम्पनीको मर्जरपछि पनि प्रमुख भूमिका खेलेको उनीसँग अनुभव छ ।


Author

थप समाचार
x