सूचना-प्रवधि

नेपाल टेलिकमको 'नमस्ते पे' सेवा सुरु

इकागज |
भदौ २९, २०७८ मंगलबार १८:४ बजे

काठमाडौँ- नेपाल टेलिकमले 'नमस्ते पे' को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । अब नेपाल टेलिकमका प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप,यूएसएसडी कोडमार्फत डिजिटल कारोबार गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल कारोबार गर्नसक्ने  टेलिकमले जनाएको छ ।

टेलिकमका प्रयोगकर्ताले मोबाइलबाट एस्ट्रिक ५०० ह्यास डाइल गरि यो सेवा सुचारू गर्न सक्नेछन् । एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरमा गएर एप डाउनलोड गर्न मिल्ने भनिएता पनि समाचार तयार पर्दासम्म एप डाउनलोड गर्न सकिएको छैन् ।


एन्ड्रोइडमा नमस्ते पे को एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।


Author

थप समाचार
x