सूचना-प्रवधि

आइफोनबाटै फिल्म तथा डकुमेन्ट्री खिच्‍न सकिने

यस्ता छन् आइफोन १३ का विशेषताहरू

इकागज |
भदौ ३१, २०७८ बिहीबार ६:३९ बजे

काठमाडौँ - एप्पलले मंगलबार राति आइफोन १३ सिरिज सार्वजनिक गर्‍यो । मंगलबार राति क्यालिफोर्निया स्ट्रमिङ नामक इभेन्ट गरेर बहुप्रतिक्षत आइफोन १३ सिरिज सार्वजनिक गरेको हो ।  एप्पलले  आइफोन १३, आइफोन १३ मिनी, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा सार्वजनिक गरेको छ ।आइफोनको नयाँ सिरिजमा केके विषेशता छन् त ? आइफोन १२ मा आइफोन ११ अपग्रेटेड भर्सन भनेर धेरैले आइफोन १३ कुरेर बसेका थिए । यहाँ नयाँ आइफोनको केही नयाँ विशेषताहरू दिएको छ ।

स्टोरेज


आइफोन १३ मा सरूवाती स्टोरेज क्षमता १२८ जीबी रहेको छ । १२ मा ६४ जीबी स्टोरेज क्षमताबाट सुरू थियो । आइफोन १३ मा १२८ देखि एक टेराबाइट सम्मको स्टोरेज क्षमता दिएको छ । आइफोन १२ मा ५ सय १२ सम्म स्टोरेज क्षमता सम्म रहेको थियो ।

सिनेमेट्रिक मोड

आइफोन १३ मा पहिलो पटक सिनेमेट्रिक मोड थपिएको छ । सिनेमेट्रिक मोडले राम्रो क्यामराले खिच्न सकिने फिल्म खिच्न सक्छ । १३ मा सबैभन्दा राम्रो फिचर भनेको सिनेमेट्रिक मोड हो । यसले आइफोनबाटै फिल्म तथा डकुमेन्ट्री खिच्न सकिन्छ ।  

र्‍याम

आइफोन १३ मा ए१५ बायोनिक चिप राखिएको छ । हालसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट सीपीयू रहेको दाबी गरिएको यो फोनमा १६ कोर न्युरल इन्जिन छ । जसले आइओएस १५ को साथमा प्रयोगकर्ताले अर्को तहको अनुभव प्राप्त गर्नसक्ने छन् । 

क्यामरा

आइफोन १३ मा क्यामराको गुणस्तर निकै सुधारिएको छ । आइफोन १३ मा १२ मेगापिक्सेलको वाइड एंगल लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरासहित दुई ओटा क्यामेरा दिइएको छ । आइफोन १२ को तुलनमा क्यामरा साइज केही सानो रहेको छ ।  आइफोन १३ मा फाइभजी कनेक्टिभिटीको सुविधा छ । यसले फाइभजी नेटवर्क सपोर्ट गर्छ ।

मूल्य

आइफोन मिनीको मूल्य ६९९ अमेरिकी डलर र आइफोन १३ को मूल्य ७९९ अमेरिकी डलर छ ।  आइफोन १३ प्रो को मूल्य ९ सय ९९ डलर रहेको छ । आइफोन १३ प्रो म्याक्सको मूल्य भने १ हजार ९९ डलर रहेको छ । आइफोन १३ आएसँगै आइफोन १२ को मूल्य घट्ने देखिन्छ ।

 


Author

थप समाचार
x