सूचना-प्रवधि

तपाईंलाई थाहा नभएको आइफोनको ६ फिचर्स

इकागज |
असोज १, २०७८ शुक्रबार ६:५१ बजे

काठमाडौँ- आईफोन र एन्ड्रोइड दुवैको आफ्नो राम्रो पक्ष र नराम्रो पक्ष छ । सामान्य रूपमा आईओएस एन्ड्रोइडको तुलना बढी सुरक्षित रहेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा 'ब्ल्याक लिभस् म्याटर' आन्दोलनमा अमेरिकी जासुसी संस्था (एफबीआई)ले आइफोनको सिस्टम ब्रेक गर्न नसकेर एप्पललाई अनुरोध गर्दा कम्पनीले अस्वीकार गरेको थियो ।

यसले गर्दा पनि एप्पलको सिस्टम कतिको सुरक्षित छ भन्ने देखाउँछ । एन्ड्रोइड तथा आइफोनमा भिन्न भिन्न सुविधा तथा विशेषताहरु हुन्छन् । यहाँ आइओएसका ६ विशेषताहरू दिएको जुन छ तपाईंलाई थाहा नहुनसक्छ ।


डार्क मोड 
आइफोनमा तपाईं डार्क मोडमा समेत चलाउन सक्नुहुन्छ । कतिपय आइफोन प्रयोगकर्तालाई डार्क मोड कसरी प्रयोग गर्ने थाहा नहुनसक्छ । डार्क मोड प्रयोग गर्न आफ्नो आइफोनको सेटिङमा गएर एक्सेसेबिलिटी भित्र जुम इनेबल गर्नुहोस् । अब तीन औँलाले ट्याव गरेर लो लाइट सेलेक्ट गर्नुहोस् । अफ गर्न सोही प्रक्रिया अपनाउनुहोस् ।

स्क्रिन रेकर्डिङ
कतिपय आइफोन प्रयोगकर्तालाई स्क्रिन रेकर्डिङको बारेमा जानकारी नहुनसक्छ । आइफोनमा स्क्रिन रेकर्ड गर्न सेटिङमा कन्ट्रोल सेन्टरबाट स्क्रिन रेकर्डलाई माथी नोटिफिकेसन प्यानलमा राखनुहोस् । अब होम स्क्रिनमा आएर नोटिफिकेसन प्यानलमा हेर्नुहोस् । यसमा क्लिक गरेर स्क्रिन रेकर्ड गर्नसक्नुहुन्छ ।

फोटो भिडियो अटो ब्याकअप
यदि तपाईंको महत्वपूर्ण फोटो तथा भिडियो हरु छन् र यसलाई आफ्नो आइक्लाउडमा राख्‍न सक्नुहुन्छ । आइफोनले सुरुवाती रुपमा ५ जीबी स्टोरेज क्षमता दिनेगर्छ । ५ जीबी भन्दाबढी चाहिएमा भने निश्चित शुल्कमा किन्नुपर्ने हुन्छ । यसकारण आफ्नो बढी महत्वपूर्ण फाइलमात्र ब्याकअप गर्नुहोस् ।

शब्द परिवर्तन
यदि तपाईंसँग एक भन्दा बढी शब्द गलत छ भने आईफोन स्वतः सुधार गर्नमिल्छ । शब्दलाई ट्याब गरेर आफ्नो शब्दकोषमा भएका शब्दले एकै पटकमा गलत शब्दलाई सच्याउन सक्नुहुन्छ । यो सुविधा माइक्रोसफ्टको वर्डमा भएको जस्तै हो ।

इमर्जेन्सी एसओएस 
तपाईं कुनै बेला अप्ठ्योमा पर्दा यस इमर्जन्सी एसओएसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसमा तपाईले ५ पटक पावर बटन थिच्नु भएमा आपत्कालिन नम्बरमा आफै कल जानेछ । 

गोप्य तस्बिर लुकाउनुहोस् 
आफ्नो आइफोन कुनै बेला अन्य व्यक्तिको हातमा दिनुपर्ने हुनसक्छ । अन्य व्यक्तिको हातमा आफ्नो फोन पर्दा यसमा भएको तपाईंको गोप्य फोटोहरू जुन अरुलाई देखाउन चाहानुहुन्न त्यसलाई लुकाउन सक्नुहुन्छ । यसका लागि फोटो भित्र जानुहोस् र मोर इमेजमा सेयर बटन छानेर हाइड गर्नुहोस् । यसले तपाईंले छान्नुभएको फोटो सबै लोकेसनमा हाइड गरिएको छ । तपाईंले लुकाइएको फोटो हिडन फोल्डरमा गएर हेर्न सक्नुहुन्छ ।


Author

थप समाचार
x