सूचना-प्रवधि

९० दिन स्पेसमा बसेर फर्किए चिनियाँ अन्तरिक्ष यात्री

इकागज |
असोज २, २०७८ शनिवार १३:५१ बजे

काठमाडौं- चीनका तीन अन्तरिक्षयात्री ९० दिन अन्तरिक्षमा बिताएर पृथ्वी फर्किएका छन् । तीन मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी शुक्रबार चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् । चीनको यो अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भएको बताएको छ।

अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म "अन्तरिक्षमा हिँड्ने" काम गरेको ग्लोबल टाइम्सले जनाएको छ। उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ।


चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शन्जो–१२ अन्तरिक्षयान चढेर शुक्रवार स्थानीय समयानुसार १०:३५ मा मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका थिए । टियाहे मोड्यूल नाम दिइएको यो अन्तरिक्ष केन्द्र चीन आफैंले बनाएको थियो । सो अन्तरिक्ष केन्द्रमा   ९० दिनसम्म बसेका थिए । यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास थप बढेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x