सूचना-प्रवधि

सकुशल पृथ्वी फर्कियो 'ड्रागन क्याप्सुल'

इकागज |
असोज ४, २०७८ सोमबार ६:३६ बजे

काठमाडौँ- स्पेसएक्सले पठाएको पहिलो ‘ड्रागन क्याप्सुल’ सकुशल पृथ्वीमा फर्किएको छ । एलन मस्कको कम्पनी स्पेस एक्सले  अन्तरिक्षमा पहिलोपल्ट पर्यटकसहित पठाएको अन्तरिक्षयान पृथ्वी फर्किएको हो।

गत बुधबार केनेडी स्पेस सेन्टरको ३९ ए प्रक्षेपण कक्षबाट स्पेस एक्स फाल्कन ९ को प्रक्षेपण गरिएको थियो । यान शनिबार पृथ्वी फर्किएको हो । यस यानमा पृथ्वीदेखि ५८५ किलोमिटर माथि इन्टरनेशनल स्पेस स्टेशनमा पुगरे तीन दिन बिताएर पृथ्वीमा फर्किएको हो ।


ज्यारेड आईज्याकम्यान, सियान प्रोक्टर, ह्याले आर्सन्नाक्स र क्रिस्टोफर सेमब्रोक्सी गरी चार यात्रीले यो अन्तरिक्षको यात्रा गरि सकुशल पृथ्वी फर्किएको हो । नासाका लागि स्पेसएक्सले वार्षिक ६ वटा प्राइभेट यान प्रक्षेपण गर्ने लक्ष्य लिएको छ । बाँकी ५ ‌ओटा पनि बिस्तारै अन्तरिक्षमा पठाउने स्पेस एक्स तथा नासाको योजना रहेको छ ।

यस यात्रा मार्फत क्यान्सरलगायत अन्य रोगको क्षेत्रमा काम गरिरहेको सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलका सहयोग उठाउने लक्ष्य राखिएको थियो । २० करोड अमेरिकी डलर सहयोगको लक्ष्य राखिए पनि १५ करोड ४० लाख अमेरिकी डलर मात्र उठेको जनाएको छ ।

यस रकममा एलन मस्कले पाँच करोड अमेरिकी डलर आफ्नो तर्फबाट थप गरि संकलित रकम उक्त हस्पिटललाई प्रदान गरिने स्पेक्स एक्सले जनाएको छ ।

अन्तरिक्ष पर्यटनको लागि ठूलो सफलता

ड्रागन क्याप्सुल सफल भएपछि अन्तरिक्ष पर्यटनको क्षेत्रमा ठूलो सफलता प्राप्त भएको छ । अब पर्यटनको क्षेत्र पृथ्वीमा मात्र सिमित रहेन् । मानिस सजिलै अन्तरिक्ष पुग्न सक्छन्।  अन्तरिक्ष गएर पृथ्वी हेर्नका लागि ड्रागन क्यापसुलको सफलताले पर्यटन क्षेत्रको नयाँ मार्ग खोलेको छ । अन्तरिक्ष यात्रा गर्न चाहाने तथा पैसा भएकाहरूका लागि यो अत्यन्तै उपयोगी हुने छ ।

 


Author

थप समाचार
x