सूचना-प्रवधि

आइफोन १३ पानीमा राख्दा पनि नबिग्रने

इकागज |
असोज ६, २०७८ बुधबार ७:२६ बजे

काठमाडौं - गत सेप्टेम्बर १४ मा एप्पलले बहुप्रतिक्षित आइफोन १३ सार्वजनिक गर्‍यो । सो इभेन्टमा एप्पलले आइफोन १३ का चारवटा मोडल सार्वजनिक गरेको थियो । पुरानो आइफोनको तुलनामा आइफोन १३ निकै एड्भान्स रहेको एप्पलले दाबी गरेको छ । यसमा आइफोन १३ सिरिजसँगै इन्ट्री लेबल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज ७ समावेश छन्।  आइफोन १३ डस्ट र वाटरप्रुफ रहेको छ । यसमा पानी तथा धुलोले असर गर्ने छैन् । यसलाई पानी भित्र लगेर सजिलै फोटो तथा भिडियो ग्राफी गर्न सकिने टेकक्रन्चले उल्लेख गरेको छ ।

कति पर्ला मुल्य ?


नेपाल आइपुग्दा आइफोन १३ को मुल्य कति होला यो सबैको चासोको विषय बनेको छ । आइफोन १३ मिनीलाई ६९९ डलर देखि ९९९ डलर सम्म पर्छ। आइफोन १३ लाई ७९९ डलर देखि १०९९ डलर सम्म पर्छ।

आइफोन १३ प्रोलाई ९९९ डलर देखि १४९९ डलर सम्म पर्छ । आइफोन १३ प्रो म्याक्सलाई १०९९ डलर  देखि १५९९ डलर  स्टोरेज क्षमता अनुसार आइफोनको मुल्य बढ्दै जाने हुन्छ । नेपालमा आइपुग्दा आइफोनको मुल्य केहि बढ्ने छ ।

यस्तो मुख्य विशेषता

कम्पनीले आइफोन १३ का ४ मोडल आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स सार्वजनिक गरेको हो । आइफोन १३ मिनीमा ५.४ इन्च सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले, रिजोलुसन २३४० बाई १०८० पिक्सल र डेन्सिटी ४७५ पीपीआई छन्। यस्तै आइफोन १३ मा ६.१ इन्च सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले छ भने २५३२ बाई ११७० पिक्सल र डेन्सिटी ४७६ पीपीई रिजोलुसन छन् जसले भिडियो हेर्दा उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

एप्पल आइफोनको यस डिस्पेले एचडीआर, ट्रयु टोन, वाइड कलर, हेप्टिक टचलाई सपोर्ट गर्ने बताइएको छ। यसको अधिकतम ब्राइटनेस ८०० निट्स छ। यसमा फिंगर रेजिस्टेन्स ओलियोफोबिक कोटिङ छ। दुवैमा एल्मुनियम डिजाइन छ। दुवै मोडल प्रोडक्ट रेड, स्टारलाइट, मिडनाइट, ब्लु र पिंक कलरमा पाइनेछन्। यसका डिस्प्ले सेरेमिक सिल्ड र ब्याक प्यानलमा सिसाले बनाइएका छन्।

दुवै मोडलमा १२८ जीबी, २५६ जीबी र ५१२ जीबी क्षमता छ। आइफोन-१३ मिनीको तौल १४१ ग्राम र आइफोन-१३ को तौल १७४ ग्राम छ। दुवै फोन वाटरप्रुफ अर्थात् ६ मिटरसम्म पानीमा डुब्दा पनि ३० मिनेटसम्म केही हुँदैन। राम्रोसँग काम गर्छ

दुवै मोडलमा १२ मेगापिक्सलको ड्युल क्यामरा छ। जसले वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ। ​ फोटोग्राफीका लागि पोट्रोट मोड, डेप्थ इफेक्टजस्ता सुविधा छन्। ६३ मेगापिक्सल बराबर पानोरोमा सट्स लिन सकिन्छ भने नाइट मोड, डिप फ्युजन स्मार्ट एचडीआर–४, लाइभ फोटोको मोड पनि छ।

यसमा लिथियम आयन ब्याट्री छ। ३० मिनेटमा २० वाटको एडप्टरबाट ५० प्रतिशत चार्ज गर्न सकिने एप्पल कम्पनीले जनाएको छ। आइफोन-१३ मिनीमा १७ घन्टाको भिडिओ प्लेब्याक, १३ घन्टाको भिडिओ प्लेब्याक स्ट्रिमिङ, ५५ घन्टाको अडिओ प्लेब्याकको सुविधा छन्।

यस्तै आइफोन-१३ मा १९ घन्टाको भिडिओ प्लेब्याक, १५ घन्टाको भिडिओ प्लेब्याक स्ट्रिमिङ, ७५ घन्टाको अडिओ प्लेब्याक सुविधा छन्। आइफोन-१३ प्रो, आइफोन-१३ प्रो म्याक्स र आइफोन-१३ प्रोमा ६.१ इन्चका सुपर रेटिनासहित अन्य विभिन्न सुविधा छन्। दुवै मोडलमा १२ मेहापिक्सलको ट्रिपल रियर क्यामरा छ। टेलिफोटो, वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ ।

 


Author

थप समाचार
x