सूचना-प्रवधि

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

इकागज |
असोज १८, २०७८ सोमबार ६:३३ बजे

काठमाडौँ- प्रविधिको जमानामा आफ्नो कामलाई छिटो–छरितो र गुणस्तरीय बनाउन ल्यापटक तथा कम्प्युटर मानिसका लागि अनिवार्यजस्तै भैसकेका छन् । कोविड-१९ ले विश्वमै धेरै काम भर्चुअल माध्यमबाट हुन थाले । यसले पनि ल्यापटप/ कम्प्युटरको आवश्यकता बढ्यो । नयाँ ल्यापटप किन्दा कस्तो ल्यापटप किन्ने, कुन किन्ने भन्ने दोधार हुन्छ । ल्यापटप वा कम्प्युटर किन्दै हुनुहुन्छ भने किन्नुभन्दा अगाडि केही कुरामा ध्यान पुर्‍याउन सकिएन भने पछुताउनु पर्ने हुन्छ ।

ल्यापटप वा कम्युटर किन्दा यी कुरामा विशेष ध्यान दिनुहोस्


प्रोसेसर

ल्यापटप किन्दा तपाईंले यसको प्रोसेसरमा विशेष ध्यान दिनुहोस् । प्रोसेसर ल्यापटपको मुख्य इन्जिन भएको हुँदा कुनै पनि ल्यापटप किन्दा यसमा विशेष ध्यान दिनुपर्छ । तपाईंले किन्ने ल्यापटप कुन प्रयोजनको हो सो कुराको विशेष ध्यान दिनुपर्छ । प्रोसेसरको स्पिड बुझेर मात्रै ल्यापटप खरिद गर्ने बानी गर्नुपर्छ । प्रोसेसर स्पिड फास्ट भएको ल्यापटपमा काम गर्दा छिटो छरितो तवरले गर्न सकिन्छ । प्रोसेसर स्पिड स्लो भयो भने ल्यापटपको कार्यक्षमता नै ढिलो हुन्छ । त्यसो त प्रोसेसरको स्पिड मात्रै फास्ट भएर हुँदैन यस भित्र हुने क्यास मेमोरीबारे पनि ध्यान दिनुपर्छ । क्यास मेमेरी हाई हुनुपर्छ, जसले ल्यापटपलाई चुस्त राख्छ । प्रोसेसर स्पिड कम तथा क्यास मेमोरी लो भएको ल्यापटपको बुटिङ जस्ता कुरामा समस्या आउछ ।

ब्याट्री ब्याकअप

केही समय अगाडिका ल्यापटपमा ब्याट्री ब्याकअप निकै कम हुन्थ्यो । आजभोलिको नयाँ मोडेलका ल्यापटपमा ब्याट्री ब्याकअप राम्रै राखिएको हुन्छ । त्यसैले किन्ने वेला ब्याट्री ब्याकअपबारे ध्यान दिनुपर्छ । अहिले बजारमा ४ र ६ सेल ब्याट्री भएका ल्यापटप बढी चलेका छन् । यसमध्ये ६ सेलको ब्याट्री भएको ल्यापटप किन्नु उत्तम हुन्छ । यसले लामो समयसम्म ब्याकअप दिन्छ । ब्याट्रीमा सेल जति बढी हुन्छ, ब्याकअप उति नै लामो समय ब्याकअप दिने हन्छ ।

ल्यापटपको स्क्रिन

ल्यापटप किन्दा यसको स्क्रिन साइजको बारेमा ध्यान पुर्‍याउनु जरुरी हन्छ । तपाईं प्रयोग गर्ने ल्यापटपको प्रयोजनले यसको स्क्रिन सानो वा ठूलो चाहिने निर्धारण गर्छ ।  स्क्रिनको साइजअनुसार ल्यापटपको साइज तल–माथि हुन्छ । ह्यान्डी साइजको भयो भने बोक्न सजिलो हुन्छ । स्क्रिनको आकार आफूलाई सहज हुने ढंगले रोज्न सकिन्छ । स्क्रिनको रिजोलुसन बुझेर मात्रै ल्यापटप किन्नुहोस् । लो रिजोलुसनको स्क्रिनमा भिडियो, फोटो हेर्दा क्वालिटी राम्रो देखिँदैन । यस्तो स्क्रिनमा कलर डेप्थ आउँदैन । त्यसैले हाई रिजोलुसन स्क्रिन भएको किन्नुहोस् । योभन्दा माथिको र तलको पनि पाइन्छ । माथिको किन्दा मूल्य बढी पर्छ भने तलको किन्दा मूल्य र क्लालिटी दुवै कम हुन्छ ।

बजेट

ल्यापटप वा कम्प्युटर किन्दा मुख्यकुरा मुल्य नै हो । ल्यापटप छनोट गर्दा कति मुल्य सम्मको किन्ने यसले ल्यापटपको विशेषता निर्धारण गर्छ । ल्यापटप किन्नुअघि तपाईं आफ्नो बजेट तयार गर्नुहोस् । यदि तपाईंलाई अफिसको काम, अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्नुपर्ने छ भने ४५ देखि ८० हजार रुपैयाँमा राम्रै ल्यापटप पाउन सकिन्छ । कोभिड-१९ ले गर्दा हाल ल्यापटपको मुल्य केही बढेको छ । कम्प्युटर, ल्यापटप जस्ता उपकरण सितिमिति छोटो अन्तरालमा खरिद नगरिने हुनाले पछिसम्मलाई हुने अपडेटेड ल्यापटप किन्नपर्छ ।


Author

थप समाचार
x