सूचना-प्रवधि

यी हुन नेपालको पाँच राइड सेयरिङ एप

इकागज |
असोज २१, २०७८ बिहिवार ७:४१ बजे

काठमाडौँ- राइड सेयरिङ्ग एप नेपालमा भित्रिएको छोटो समयमै लोकप्रिय हुन पुगेको सेवा हो । नेपालमा सर्वप्रथम टुटलले २०७३ देखि नेपालको सडकमा आफ्नो सेवा सुरु गरेको थियो । नेपालको सडकमा हुने सकसपुर्ण यात्रालाई व्यवस्थित गर्ने उद्देश्यले केही नेपाली युवाले यस कन्सेप्टको सुरुवात गरेका थिए । टुटलपछि नेपालमा अन्य राइड सेयरिङ्ग सेवा दिने एप्लिकेसनहरू आएको थियो । हाल नेपालमा दर्जनबढी राइड सेयरिङ्ग कम्पनीले आफ्नो सेवा सञ्‍चालन गरिरेहेका छन् । 

टुटल 
टुटल नेपालमा सर्वप्रथम राइड सेयरिङ्ग सेवा सुरु गर्ने कम्पनी हो । टुटलले सेवा सुरु गरेपछि सकसपुर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट केहि हदसम्म यात्रुलाई छुटकारा मिल्यो । एक व्यक्तिकै लागिसमेत ट्याक्सी चढ्नुपर्ने अवस्थाको टुटलले अन्त्य गर्‍यो ।


पठाओ
बांग्लादेशी एप पठाओ नेपालमा पछिल्लो समय राइड सेयरिङ्गमा चर्चित एप रहेको छ । नेपालमा सेवा सुरु गरेको केहि समयमै यस एपले विभिन्‍न छुट तथा अफरले नेपालको राइड सेयरिङ्ग क्षेत्रमा युवा युवतीको मन जित्न सफल भएको छ ।

लुजुम
नेपाली राइड सेयरिङ सर्भिसको बजारमा अर्को नाम हो ‘लुजुम’ अर्थात ‘लौ जाऔं’ । लुजुम एप नेपालमा पछिल्लो समय उदाएको राइडिङ्ग सेयर एप हो ।
नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउने योजना लिएर आएको बताउने यस एप अनलाइन र अफलाइन दुवै माध्यमबाट बुकिङ सेवा दिएर इन्टरनेट तथा स्मार्टफोन नभएका यात्रीलाई पनि जोड्ने तयारीमा रहेको बताउँछ ।

साथी
मोटरसाइकलसँगै अब निजी गाडी पनि राइड सेयरिङ गर्न सकिने गरी नेपालमा राइड सेयरिङ्ग एप साथी आफ्नो सेवा सुरु गरेको थियो । अन्य राइड सेयरिङ कम्पनीहरूले प्रति राइड १० देखि २० प्रतिशतसम्म कमिसन लिँदै आएकोमा साथीको कमिसन अन्यभन्दा कम भएकाले यात्रुले समेत केही सस्तोमा यात्रा गर्न पाउँछन् । साथीले महिला राइडरलाई पुरुषभन्दा कम कमिसन लिन्छ ।

साहारा
राइडर र ग्राहकमाझ साहारा एप लोकप्रिय रहेको छ । बिजनेश ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको साहारा एपले हाल काठमाडौँ उपत्यका मात्र सेवा प्रदान गर्दै आएको छ । साहारा एपमा यात्रुले आफ्नो राइडर छान्‍न पाउने सुविधा रहेको छ ।


Author

थप समाचार
x