सूचना-प्रवधि

यसरी समाधान गर्नुहोस् ह्याक भएको फोन र कम्प्युटर

इकागज |
असोज २२, २०७८ शुक्रबार ७:३१ बजे

काठमाडौँ- आजभोलि हामी कम्प्युटरभन्दा धेरै समय आफ्नो स्मार्टफोनमा काम गर्ने गर्छौँ । सबैकाम अनलाइनबाटै हुने हुँदा फोनको प्रयोग धेरै हुने गर्छ । फोनबाटै अनलाइनको काम तथा संवेदनशील डाटाको उपयोग गर्दा फोनमा ह्याकरको प्रवेशले सबै डाटा चोरी हुनसक्छ । कम्प्युटरभन्दा स्मार्टफोन ह्याक हुने सम्भावना बढी हुने गर्छ ।

हामीले प्रयोग गर्ने फोनमा बैंकको अनलाइनसमेत प्रयोग गरेको पाउछौँ, यसले यदि फोन ह्याक भएको खण्डमा यस्ता डाटाहरू ह्याकरको हातमा पर्नसक्छ । एन्ड्रोइड तथा एप्पल दुवैले आफ्नो सेक्युरिटी सिस्टम राम्रो भने पनि बेलैमा आफ्नो डाटा सुरक्षित गर्नु सबैभन्दा बुद्धिमानी हुन जान्छ । 


यदि तपाईंको फोन तथा ल्यापटपमा ह्याक भएमा कसरी थाहा पाउने त ? यदि तपाईंको फोनमा ह्याकरको प्रवेश भएको छ भने विभिन्‍न समस्याहरू देखा पर्न सक्छन् । यहाँ स्मार्टफोन तथा ह्याक हुँदा के-कस्ता समस्या देखिन्छन् र यसको कसरी समाधान गर्ने जानकारी रहेको छ ।

सिस्टम बन्द वा रिस्टार्ट
यदि तपाईंको साइट बन्द वा रिस्टार्ट भएमा ह्याक भएको हुन सक्छ । कतिपय अवस्थामा सिस्टम खराबी बाहेक ह्याकरले पठाएको प्रोग्रामबाट समेत रिस्टार्ट हुने गर्छ । मोबाइल फोन तथा कम्प्युटर जस्ता उपकरण आफै रिस्टार्ट भइरहेको छ भने राम्रोसँग सिस्टम चेक गरेर मात्र चलाउनुहोस् । फोन तथा कम्प्युटरमा डाउनलोड गरेको फाइल राम्रोसँग परिक्षण गर्नुहोस् ।

फोन तथा कम्प्युटर तात्नु
तपाईंले प्रयोग गर्ने फोन तथा कम्प्युटर पहिलेभन्दा बढी तात्न थालेको छ भने पनि ह्याक भएको हुनसक्छ । फोन तथा ल्यापटप चलाउँदा केही तातो हुनु सामान्य हो तर सिस्टम पहिलेभन्दा बढी र नचलाउँदासमेत तात्न थालेको छ भने सावधान हुन जरुरी छ । फोन तथा कम्प्युटर यदि सामान्यभन्दा बढी तात्न थाल्यो भने डाउनलोड गरेको सफ्टवेयर तथा एपहरू राम्रोसँग स्क्यान गरेर मात्र प्रयोग गर्न बुद्धिमानी हुन्छ । 

एन्टीभाइरस बन्द हुनु
फोन तथा कम्प्युटरमा एन्टीभाइरस प्रयोग गर्नु भएको छ भने कतिपय अवस्थामा सिस्टम ह्याक हुँदा एन्टीभाइरस तथा विन्डोज डिफेन्डर निस्क्रियसमेत भएको हुन्छ । आफ्नो कम्प्युटर वा ल्यापटपमा एन्टीभाइरस राखेर बेला बेला यसको अपडेट तथा चेकजाँचसमेत गर्नुहोस् । एन्टीभाइरसको प्रयोग गर्दा विश्वसनीय एन्टीभाइरसको प्रयोग गर्नुपर्दछ । फ्रि तथा पाइरेटेड एन्टीभाइरसको प्रयोग गर्नु हुँदैन । 

एडल्ट साइटको प्रयोग बन्द 
एडल्ड सामाग्री विश्वमै धेरै हेरिने सामाग्रीमध्ये एक हो । एडल्ट साइट हेर्दा कम्प्युटर तथा ल्यापटप सबैभन्दा बढी असुरक्षित हुन पुग्छ । एडल्ट सामाग्रीहरू असुरक्षित हुने हुँदा फोनमा वा कम्प्युटरमा संवेदनशील डाटा छ भने यस्ता साइटको प्रयोग गर्नु अत्यन्तै हानिकारक हुनपुग्छ । एडल्ट साइट हेर्दा यसले प्रयोगकर्ताको डाटा चोरी गर्ने हुँदा सकेसम्म यसता साइटको प्रयोग नगर्नुनै उपयुक्त हुन्छ ।

सिस्टम आफै चल्नु
कतिपय ह्याकरले डिजाइन गरेको प्रोग्रामले ल्यापटप तथा कम्प्युटर आफै चल्ने हुन्छ । यदि तपाईंको सिस्टम आफै चलेको छ भने पनि यो तपाईंको लागि खतरा हुन सक्छ । यदि राखेको बेला स्मार्टफोन आफै चल्ने तथा तात्ने जस्ता समस्याहरू देखिन्छन् भने यसले तपाईंको फोन ह्याक भएको भनेर बुझ्न सकिन्छ । फोन बिनाकारण तातिरहेको छ भने यसले भित्री रुपमा कार्य गरिरहेको हुन्छ । यदि यस्तो समस्या छ भने फोनलाई राम्रोसँग स्क्यान गरेर मात्र प्रयोग गर्नुपर्छ ।


Author

थप समाचार
x