सूचना-प्रवधि

यसरी बढाउनुहोस् वाईफाईको स्पिड

इकागज |
कात्तिक ५, २०७८ शुक्रवार ७:२७ बजे

काठमाडौँ- कोभिड-१९ ले गर्दा कतिपय कार्यलयका काम घरबाटै हुने गरेको छ । घरबाटै मिटिङ तथा अन्य काम गर्दा इन्टरनेट स्लो भएको अनुभव हुन सक्छ । इन्टरनेट स्लो भएको कतिपय अवस्थामा इन्टरनेट प्रदान गर्ने कम्पनीको बदमासी पनि हुन्छ भने कतिपय अवस्थामा तपाईंले जडान गरेको डिभाइसले पनि स्लो बनाउन सक्छ । इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले पर्याप्त इन्टरनेट सेवा दिएको छ तर पनि तपाईंको इन्टरनेट स्लो छ भने तल दिएको केही साधारण सेटिङ मिलाउदा स्पीड बढ्न सक्छ । 

राउटरलाई घरको बीचमा राख्‍ने
तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्‍ने विचार गर्नुहोस् । ठूलो घर छ भने वाईफाइलाई घरको बीचमा राख्ने गर्नुहोस् ।  


राउटरको क्षमता निश्चित गर्ने 
हरेक वाईफाई राउटरमा क्षमताको निश्चित सीमा तोकिएको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ । राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । उदाहरणको लागि कुनै राउटरले ५ सय मिटरसम्मको एरिया कभरेज गर्छ भने कुनैले २० मिटरसम्मको मात्रै ।

त्यसैले तपाईँको वाईफाई राउटरले कति दूरीसम्म सिग्‍नल दिन्छ भन्‍ने जानकारी राख्नुहोस् । यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टि लेखिएको हुन्छ ।

राउटरको सफ्टवेयर अपडेट गर्नुहोस्
राउटरको सेक्योरिटी, कार्यक्षमता तथा स्थीरतामा सुधारका लागि त्यसको सफ्टवेयर अपडेट गर्नु महत्वपूर्ण हुन्छ । अहिले बजारमा पाइने धेरैजसो राउटरहरु अटोम्याटिक रुपमा अपडेट हुने खालका हुन्छन् । तर यदि तपाईसँग पूरानो मोडेलको राउटर छ भने तपाईले आफै सफ्टवेय अपडेट इन्स्टल गर्नुपर्ने हुनसक्दछ ।

विभिन्‍न खालका राउटरमा अपडेटेड सफ्टवेयर इन्स्टल गर्ने तरिका फरक फरक हुन्छन् । यसका लागि तपाईले आफ्नो कम्प्युटर वा फोनबाट इन्टरनेट ब्राउजरमा आफ्नो राउटरको आइपी एड्रेस हाली राउटरको वाइफाइ सेटिंग्समा जान सक्नुहुन्छ ।

राउटरको वरिपरी फलाम नराख्‍ने
वाईफाई राउटरको अवस्था र राखेको स्थान ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ ।वाईफाई सिग्‍नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफाईको वरिपरि सकेसम्म मेटलका सामग्रीहरु नराख्नुहोस् ।

त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्‍नल रोक्नेहुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् ।

रिपिटर राउटरको प्रयोग
उल्लेखित टिप्सहरु प्रयोग गरिसक्दा पनि वाईफाई सिग्‍नल कमजोर छ भने तपाईँले त्यसको लागि वाईफाई रिपिटर राउटर प्रयोग गर्नुहोस् ।


Author

थप समाचार
x