सूचना-प्रवधि

फेसबुक ट्रयाकिङ रोक्‍न के गर्ने ?

इकागज |
कात्तिक ७, २०७८ आइतबार ६:४१ बजे

काठमाडौँ- फेसबुकले तपाईंकोबाहेकका (अफ एक्टिभिटी ट्रयाक) गतिविधिसमेत ट्रयाक गर्न सक्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । फेसबुक नचलाएको समयमा पनि तपाई कुन-कुन वेबसाइट, एप र रियल लाइफ स्टोरहरू भिजिट गर्नुहुन्छ र थर्ड पार्टी एपबाट फेसबुकले त्यसको विवरण संकलन गरिरहेको हुन्छ ।

फेसबुकले तपाईंको एक्टिभिटी ट्रयाक गरको लाग्छ भने तपाईं यसलाई तल दिएको केही स्टेप फलो गरेर बन्द गर्नसक्नुहुन्छ । अफ एक्टिभिटी तथा थर्ड पार्टी एक्सेस जस्ता कुराले तपाईंको डाटा अन्यको हातमा पुग्न सक्छ ।


फेसबुक ट्रयाक कसरी रोक्ने ?

सबैभन्दा पहिले फेसबुकको सेटिङमा जानुहोस् र त्यहाँ गएर ‘योर फेसबुक इन्फर्मेसन’ छनौट गर्नुहोस् । ‘योर फेसबुक इन्फर्मेसन’ मा रहेको ‘अफ फेसबुक एक्टिभिटी’ मा जानुहोस् । त्यहाँ तपाईलाई फेसबुले कसरी तपाईको ‘अफ फेसबुक एक्टिभीटी’ ट्रयाक गरिरहेको छ भनेर त्यसको तरिका देखाउँछ ।

तपाईंले कुनै अनलाइन स्टोरमा केही समान खरिद गर्नुभयो भने त्यस स्टोरले फेसबुकसँग उक्त व्यक्तिको गतिविधिलाई सेयर गर्छ । त्यहाँ एउटा ब्यानर देखा पर्छ जसमा प्रयोगकर्ताले प्रयोग गर्ने वेबसाइट तथा एपहरूको बारेमा दिइएको हुन्छ । त्यहाँ रहेका एप आईकनमा क्लिक गरेर प्रयोगकर्ताले त्यसको श्रोतको लिस्ट हेर्न सक्छन् । यस्ता ट्रयाकिङलाई बन्द गर्न ‘म्यानेज योर अफ फेसबुक एक्टिभीटी’ लाई स्क्रिनको दायाँ भागमा मेनुमा क्लिक गर्नुहोस् ।

अब ‘फ्युचर अफ फेसबुक एक्टिभिटी’ छेउमा रहेको स्विचलाई सारेपछि फेसबुकले तपाईंको आगामी दिनको गतिविधिलाई सेभ गर्ने छैन । थर्डपार्टी एपमा कुनै एक्सेस दिनुभएको छ भने सोको विवरण भने फेसबुकले तपाईंलाई दिनेछैन ।

थर्डपार्टी एप एक्सेस नदिनुहोस् ।

हामीले कतिपय अवस्थामा कुनैंपनि एप तथा गेम आदिको लागि थर्डपार्टी एपलाई एक्सेस दिएको हुन्छौं जसले गर्दा कतिपय विवरण सो एप डेभपलरको हातसम्म पुगेको हुन्छ । थर्डपार्टी एपमा दिएको विवरणहरू एप निर्माताले आफ्नो आवश्यकता अनुसार प्रयोगगर्न सक्छ ।

यदि तपाईं आफ्नो डाटा सुरक्षित होस् भन्ने चाहानुहन्छ भने थर्डपार्टी एक्सेस बन्द गर्नुहोस् । हामीले कतिपय अवस्थामा थर्डपार्टी एप वेबसाइटलगायतले मागेको डाटा राम्रोसँग अध्ययन नै नगरी ग्रयान्टेड गर्छौं । यसबाट हाम्रो अकाउन्ट तथा गोप्य डाटाहरूसमेत अन्यको हातमा पुग्न सक्छ ।

यदि कुनै एप वा अन्य कुरामा साइन अप वा लगिन गर्दै हुनुहुन्छ भने इमेलले साइनअप गर्नुहोस् । फेसबुक, ट्वीटरलगायतका सोसल मिडियाबाट साइनअप नगर्नुहोस् ।


Author

थप समाचार
x