सूचना-प्रवधि

मोबाइल र कम्प्युटरबारे केही भ्रम र यथार्थ

इकागज |
कात्तिक ९, २०७८ मंगलबार ८:२२ बजे

काठमाडौँ- विश्वमा प्रत्येक दिन नयाँ नयाँ प्रविधीको आविष्कार भैरहेका हुन्छन् । प्रत्येक दिन हुने नयाँ अविष्कारसँगै मानिसले यसबारे विभिन्‍न भ्रमहरूसमेत फैलिरहेका हुन्छन् । चार्जफुल भएपछि पनि मोबाइलमा चार्जमा राखिराख्दा चार्ज तान्छ भन्‍ने समेत सुनिन्छ । प्रविधि जगतका यस्ता भ्रमबारे केही भ्रमबारे जानकारी दिइन्छ । 

एप्पल डिभाइसमा भाइरस लाग्दैन‍
हामीले सुन्‍ने गरेको एउटा भ्रम भनेको एप्पलको ल्यापटप तथा कम्प्युटरमा भाइरस लाग्दैन भन्‍ने पनि हो । कतिपय प्रयोगकर्ता यो कुरा अझैगर्वका साथ भन्‍ने गरेको पाइन्छ । के एप्पल डिभाइसमा भाइरस लाग्दैन त ? एप्पल डिभाइसमा भाइरस नलाग्ने भन्‍ने हुँदैन । भाइरसले एप्पल तथा एन्ड्रोइड भन्दैन सुरक्षा कमजोरी पाएमा जहाँ पनि पुग्न सक्छ । 


प्राइभेट ब्राउजिङमा पहिचान लुक्छ
आजकल वेब ब्राउजरहरूले सुरक्षित ब्राउजिङ सुविधा दिएका हुन्छन् । क्रोमको इनकशङनितो तथा सफारीको प्राइभेट ब्राउज सुविधा दिएको छ । कतिपय प्रयोगकर्ताले यी सुविधा उपभोग गर्दा प्रयोगकर्ताको सारा कुरा लुक्छ भन्‍ने भ्रम छ । तर यो गलत हो किनभने प्राइभेट ब्राउजिङ सुविधा प्रयोग गर्दा पनि तपाईंको सबै जानकारी तथा कुन नेटवर्कबाट प्रयोग गरिरहनु भएको भन्‍ने कुरा थाहा हुन्छ ।

यी ब्राउजिङ मोडले के मात्र गर्छ भने तपाईले कुन कुन साइट खोल्नुभयो भन्‍ने कुराको रेकर्ड तपाईको डिभाइसमा स्टोर गर्दैन । प्राइभेट ब्राउजिङ गर्नुको अर्थ तपाईले कुन देशबाट कम्प्युटर चलाउनुभएको छ, कुन नेटवर्क प्रयोग गर्नुभएको र तपाईले प्रयोग गर्ने डिभाइसको आइपी ठेगाना कुन हो सबै कुरा लुकाइदिन्छ भन्‍ने भ्रम मात्र हो ।

रातभर मोबाइल चार्जमा राख्दा बिग्रन्छ !
कतिपय मानिसहरू आफ्नो मोबाइललाई राति चार्ज गर्न डराउँछन् । रातभर चार्ज गर्दा मोबाइलको ब्याट्री चाडैं ड्यामेज हुन्छ भन्‍ने धारणा पाइन्छ । तपाईंलाई पनि यस्तै लाग्छ भने यो मान्यता गलत हो। किनभने पछिल्ला सबैजसो मोबाइलमा अत्याधुनिक ब्याट्री प्रबिधि प्रयोग गरिएको हुन्छ । यस्ता प्रविधिले गर्दा ब्याट्री फुल चार्ज भएपछि आफै चार्ज लिन बन्द गर्छ । यसले तपाईंको मोबाइल चार्जरमा राख्नु भएको छ वा छैन खासै फरक पार्दैन । 

जति धेरै मेगापिक्सेल भयो उति राम्रो फोटो खिच्छ ।
 
आजकल बजारमा पाइने निकै सस्ता स्मार्टफोनमा पनि ४८/६४ मेगापिक्सेलको क्यामेरा भएको पाइन्छ । अर्थात जतिबढी मेगापिक्सल भयो उति राम्रो फोटो खिच्छ भन्‍ने भ्रम छ । बुझ्नुपर्ने कुरा के हो भने स्तरीय फोटो खिच्नुसँग मेगापिक्सेलको निकै कम साइनो छ । कहिलेकाहीँ ३२ मेगापिक्सेलको क्यामेराले भन्दा १६ मेगापिक्सेलको क्यामेराले उच्च गुणस्तरको फोटो खिच्‍न सक्छ । कुनै पनि फोटोको गुणस्तर त्यो क्यामेराले कति धेरै प्रकाश सेन्सर गर्न सक्छ भन्‍ने कुराले निर्धारण गर्छ । धेरै मेगापिक्सेल भएको क्यामेराले राम्रो फोटो खिच्छ भन्‍नु भ्रम हो । 

ब्याट्री पुरै नसकिएसम्म चार्ज गर्नु हुँदैन
कतिपय मोबाइल प्रयोगकर्तामा यो पनि भ्रम पाइन्छ कि मोबाइलमा ब्याट्री पुरै नसकिदासम्म ब्याट्री चार्ज गर्नु हुँदैन । तर यो मान्यता पनि गलत हो । यदि तपाईले ब्याट्री पुरै सकिएपछि, आफ्नो डिभाइस अफ भएपछि ब्याट्री चार्जमा राख्नुभयो भने चार्ज हुन निकै बेर लाग्छ । ब्याट्रीको लाइफ सकिने कुरा ब्याट्री साइकल कति सकियो भन्‍ने कुराले निर्धारण गर्छ । चार्ज आधा बाँकी हुँदै फेरि जोड्दा तपाईको ब्याट्रीको आयु घट्दैन । ब्याट्रीलाई सकेसम्म २० प्रतिशत भन्दा कम चार्ज हुन नदिनु राम्रो हो ।

आइप्याड चार्जरले आइफोन चार्ज गर्नु हुँदैन
अर्को भ्रम के पनि छ भने आइप्याडको एडप्टरले आइफोन चार्ज गर्नु हुँदैन, यसले आइफोनको ब्याट्री लाइफ खतम गर्छ । तर यो मान्यता पनि गलत हो । चार्जर सपोर्ट गर्छ भने सबै चार्जर प्रयोग गर्न मिल्छ । युरोपियन युनियनले सबै मोबाइल डिभाइसको लागि एकै प्रकारको चार्जर बनाउन समेत निर्दैशन दिएको छ । यसको मतलब अब विश्वमा प्रयोग हुने सबै चार्जर एकै प्रकारको हुनेछ । त्यसैले एउटाको चार्जर अर्कोमा प्रयोग गर्नुहँदैन भन्‍नु गलत हो ।


Author

थप समाचार
x