सूचना-प्रवधि

टेक टिप्‍स

नेपालमा चर्चित अनलाइन गेम

इकागज |
कात्तिक १०, २०७८ बुधबार ८:३० बजे

काठमाडौँ- विश्वमै हाल मोबाइल गेमको लोकप्रियता दिनदनै बढ्दै गएको छ । नेपालमा पनि बालबालिकादेखि ठूलासम्म मोबाइलमा गेम खेल्ने गर्दछन् । हालै अनलाइन गेम पब्जीले करिब ७२ करोड रूपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सुरु गरेको छ । यसले पनि अनलाइन मोबाइल गेमको लोकप्रियता झनै बढाउने देखिन्छ ।

नेपालमा खेलिने प्रमुख अनलाइन मोबाइल गेम केके हुन त ? आउनुहोस् यसको बारेमा केही जानकारी राखौँ । कोभिड-१९ को कारणले भौतिक दूरी कायम गर्नुपर्ने बाध्यताले नेपालमा बालबालिकादेखि युवा पुस्ताहरू समेत अनलाइन गेमप्रति आकर्षित रहेका छन् । नेपालमा प्रमुख रूपमा फ्रि फायर पब्जी कल अफ ड्युटी जस्ता अनलाइन गेमहरू चर्चित रहेका छन् ।


फ्रि फ्रायर

बालबालकामाझ अत्यधिक लोकप्रिय अनलाइन मोबाइल गेम फ्रि फायर नेपालमा पनि धेरै खेलिने गेमभित्र परने गेम हो । सानो ४ जनाको टिम बनाएर खेल्न सकिने गेममा मैदानमा गएर अन्य खेलाडीलाई मार्नुपर्छ । अन्यमा जुन टिम सुरक्षित रहन्छ उसले नै जित्छ ।

पब्जी मोबाइल

प्लेयर्स अननोन ब्याटल ग्राउन्डस् (पब्जी)ले हाल नाम परिवर्तन गरेर नामले पब्जीमोबाइल राखेको छ । यो गेम विश्वमा अत्यधिक खेलिने मोबाइल गेममा पर्दछ । पब्जीपनि फ्रि फायर जस्तै मोबाइल गेम हो यसमा भने विभिन्न म्याप र टेड्रिङ ग्राउन्डहरू रहेको छ ।

यसलाई फ्रि फायरको एडभान्स भन्दा फरक नपर्ला । पब्जी मोबाइलमा एक पटकमा १ सय जना सम्म प्लेयर्स हुन्छन् । कुनै एक म्यापमा गएर १ देखि ४ जनाको टिम बनाएर अन्य सहभागीलाई मारेपछि विजेताले भर्चुअल चिकेन डिनर पाउनेछ ।

कल अफ ड्यटी

मोबाइल अनलाइन गेममा लोकप्रिय रहेको अर्को गेम हो कल अफ ड्यटी । यो गेम पहिला कम्प्युटरमा मात्र खेल्न मिल्ने गरेको थियो । मोबाइलमा आएपछि यो गेमको लोकप्रियता ह्वातै बढेको छ । नेपालमा पनि यो गेम अत्यधिक चर्चित रहेको छ । यसमा दिएको कार्य सम्पन्न पश्चात नयाँ ड्यटी देखिनेछ ।

क्लास अफ क्लेन

क्लास अफ क्लेन अनलाइन मोबाइलमा चर्चित गेम हो । यो गेम पनि नेपालमा चर्चित रहेको छ । यस गेममा प्लेयर्सलाई एउटा बेस दिइएको हुन्छ । त्यसमा आफ्ना संरचना निर्माण गर्दै सेनाले अन्य प्लेयर्सको बेसमा आक्रमण गरेर लुट्न सक्नेछन् । लुटेको गोल्डले आफ्ना निर्माण संरचना अपग्रेड गर्दै लान सकिन्छ ।

फिफा

फिफा कम्प्युटर तथा मोबाइलमा खेल्न सकिने लोकप्रिय गेम हो । यसमा फुटबलको नियमनुसार ११ जना खेलाडी समेटेर खेल्न सकिन्छ । राम्रो प्लेयर्सको लागि भने यसमा खर्च गर्नुपर्ने हुन्छ । आफ्नो टिममले जित्दै जाँदा गेम झन् झन रोमान्चक हुँदै जान्छ । नेपालमा पनि यो गेम युवापस्तामाझ लोकप्रिय रहेको छ ।


Author

थप समाचार
x