सूचना-प्रवधि

अमेरिकाले गर्‍यो चाइना टेलिकमको लाइसेन्स रद्द, ६० दिनभित्र सेवा बन्द गर्न चेतावनी

इकागज |
कात्तिक १०, २०७८ बुधबार ९:४३ बजे

वासिङटन- अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो । 

रद्द भएसँगै चाइना टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ । कम्पनीमाथि चीन सरकारको नियन्त्रणले अमेरिकी सञ्चारमा पहुँच बढेको र बिथोलेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् । 


कम्पनीमार्फत चीनले अमेरिकाविरुद्ध गुप्तचरी र अन्य हानीकारक गतिविधि गरेको पनि उनीहरुले आरोप लगाएका छन् । 

चाइना टेलिकमले अमेरिकामा झन्डै २० वर्षदेखि सेवा दिँदै आएको छ । अमेरिकी निर्णयलाई कम्पनीले दुर्भाग्य भनेको छ । 

अमेरिकाले लाइसेन्स रद्द गरे पनि आफ्ना सेवा दिने चाइना टेलिकमले जनाएको छ । 

‘हाम्रो सेवालाई निरन्तर दिन प्राप्त सबै विकल्प प्रयो गर्नेछौँ,’ चाइना टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  चाइना टेलिकम चीनको टेलिकम बजारमा वर्चश्व कायम गर्ने तीन ओटा कम्पनीहरुमध्ये एउटा महत्वपूर्ण कम्पनी हो । 

यस कम्पनीका ११० देशमा लाखौं ग्राहक छन् । कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट, मोवाईलदेखि लेनलाइन टेलिफोन सेवा  उपलब्ध गराउँदै आएको छ । एजेन्सी
 


Author

थप समाचार
x