सूचना-प्रवधि

युट्युबमा यसरी हेर्नुहोस् लुकाइएको डिसलाइक

इकागज |
मंसिर २०, २०७८ सोमबार ७:५६ बजे

काठमाडौँ - प्रयोगकर्ताको व्यापक गुनासो पश्चात युट्युबले डिसलाइक संख्या हेर्न नमिल्ने बनाएको थियो । युट्युब भिडियोमा हुने गरेको डिसलाइक संख्यालाई लुकाएपछि भने प्रयोगकर्ताले डिसलाइक हेर्न मिलेको थिएन ।

मन नपरेको भिडियोलाई डिसलाइक गर्ने र यसले गर्दा क्रियटरलाई नकारात्मक असर गरेको भन्दै ‘डिसलाइक अट्याक’ ह्यारेसमेन्ट रोक्ने उद्देश्यले युट्युबले यो कदम चालेको थियो । यसको कारण कुन भिडियो लोकप्रिय वा अलोकप्रिय भयो भनेर जाँच्नको लागि मिलेको थिएन ।


भिडियो अपलोडकर्ताले भने डिसलाइक कति भयो भनेर हेर्न मिल्ने गरेको छ । एक डेभलपर्सले युट्यबले लुकाएको डिसलाइक बटन देखाउने एक्सटेन्सन बनाएका छन् । क्रोम वा फायरफक्स प्रयोगकर्ताले यो एक्सटेन्सन प्रयोग गरेर लुकाएको डिसलाइक बटन हेर्न मिल्ने एक्सटेन्सन बनाएका छन् ।

डिमिट्री सेलिभनोव नाम गरेका  डेभलोपर्सले ओपनसोर्समा आधारित एकस्टेन्सन बनाएर युट्युबमा लुकाएको डिसलाइक बटन देखिने बनाएका हुन । गीटहवबाट सार्वजनिक गरेको उनको यो एक्सटेन्सन हाल ५० हजार भन्दा धेरै डाउनलोड भैसकेको छ ।

यस एक्सटेन्सन प्रयोग गरेर कुनै पनि भिडियोमा रहेको डिसलाइक संख्या हेर्न सकिन्छ । यसको लागि गुगल क्रोम र मोजिला फायर फक्स प्रयोगकर्ताले युट्युब डिसलाइक रिट्रन नाम गरेको एक्सटेन्सन इन्सटल गर्नुपर्ने हुन्छ ।

कसरी प्रयोग गर्ने यो एक्सटेन्सन?

यो एक्सटेन्सन प्रयोग गर्नका लागि क्रोम तथा फायरफक्स प्रयोगकर्ताले तलको उपायहरू अपनाउन सक्नुहुन्छ ।

१. सर्वप्रथम क्रोम वा फायरफक्स खोलेर 'रिटर्न युट्युब डिसलाइक गीटहव' सर्च गर्नुहोस् । त्यहाँ देखिने क्रोम एक्सटेन्सन टु रिटर्न युट्युब डिसलाइक भन्ने लिंकमा जानुहोस् ।

२. त्यहाँ देखिने रिटर्न युट्युब डिसलाइक डटकम मा जानुहोस् । तपाईंले त्यहाँ ब्राउजरले सपोर्ट गर्ने इन्स्टल गर्न मिल्ने एक्सटेन्सन देख्‍नुहुनेछ ।

३. त्यस एक्सटेन्सनलाई आफ्नो ब्राउजरमा एड गर्नुहोस् । एक्सटेन्सन इन्स्टल पश्चात युट्युबमा गएर कुनै भिडियो हेर्नुहोस् । पहिलै युट्यब खोलेर राख्‍नुभएको खण्डमा ब्राउजर रिफ्रेस गर्नुभएमा डिसलाइक संख्या र बटन देखा पर्नेछ ।

सुरक्षा चासो

यो एक्सटेन्सनले राम्रोसँग काम गर्नको लागि तपाईंले चलाएको युट्युबका केही डाटाहरू प्रयोग गर्छ । जस्तै तपाईंले स्ट्रीम गर्नुभएको भिडियो तथा आइडी आदी जस्ता डाटा प्रयोग गर्छ । अन्य डाटा भने संकलन नगर्ने यसका निर्माणकर्ताले ब्लगमार्फत जानकारी दिएका छन् । यसको प्रयोगकर्ता कति छन् भन्ने पनि हालसम्म तथ्यांक नरहको भन्दै यसले कुनैपनि प्रयोगकर्ताको निजी डाटा संकलन नगर्ने डेभलोपर्सले जानकारी दिएका छन् ।

 

 

 


Author

थप समाचार
x