सूचना-प्रवधि

प्रज्ञा प्रतिष्ठानमा आइटी सम्बन्धी शैक्षिक मेला हुने

इकागज |
मंसिर २७, २०७८ सोमबार १९:९ बजे

काठमाडौं - ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ यही बिहीबारदेखि राजधानीमा छैटौँ व्यवस्थापन तथा आइटी सम्बन्धी शैक्षिक मेला सुरु हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको हो ।

शैक्षिक मेलामा एमबिए, एमबिएस, एमएस्सी, सिएसआइटी, बिबिए, बीएससी, सिएसआइटी, बिएलटी, बिआइएम, बिएचएम, बिबिआइएस, बिटिटिएम, बिबिएम, बी एचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए, बिआई, बिई, बिडिएफइन, बिडिइभ्स लगायत शैक्षिक उपाधिहरू प्रदान गरिने छ । मेलामा ३० शैक्षिक संस्थाहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । नेपालमै व्यवस्थापन तथा आइटी तर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको दाबी गरिएको छ । 


छैटौँ शैक्षिक मेलामा यस वर्ष कक्षा ११ र १२ अध्ययन गर्दै रहेको तथा कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने युटिसीका कार्यकारी निर्देशक राजेश बुद्घसैनीले बताए । 
    
यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौँ विश्वविद्यालयका दुई, मध्यपश्चिम विश्वविद्यालयका पाँच, नेपाली विश्वविद्यालयका कलेज, दुईवटा सिए र एक अन्य अध्यापन गराउने संस्थाको सहभागिता रहनेछ भने १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने जानकारी दिइएको छ ।

मेलामा जम्मा ५१ वटा स्टलहरू रहने युटिसीका एडमिनिस्ट्रेटिभ एन्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिए । रासस


Author

थप समाचार
x