सूचना-प्रवधि

‘विद्युतीय कार’ बनाउने धनगढीका विद्यार्थीलाई आर्थिक सहयोग

इकागज |
पुस १२, २०७८ सोमबार १५:२७ बजे

कैलाली - ‘विद्युतीय कार’ बनाउने धनगढीका विद्यार्थीहरुलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन् । 

विद्युतीय कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही ‘रकम’ जुटाएर पुनः अरु इलेक्ट्रिक सामग्री निर्माण गर्ने बताएको थाहापाएपछि आफूले केही सहयोग गरेको बोहराले बताए । उनले नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । 


धनगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थी ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीले ‘विद्युतीय कार’ निर्माण गरेका हुन । 

यसरी पहिलो पटक सहयोग प्राप्त भएको बताउँदै ऋषिकेश थापाले यसले थप हौसला मिलेको बताए ।


Author

थप समाचार
x