सूचना-प्रवधि

कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित

इकागज |
पुस २३, २०७८ शुक्रबार ११:५ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ७९.०६ प्रतिशत उत्तीर्ण भएको बोर्डले जानकारी दिएको छ ।


परीक्षाफल बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । 

 


Author

थप समाचार
x