सूचना-प्रवधि

फेसबुकको यी नियम पालना नगरे बन्‍द होला अकाउन्‍ट

इकागज |
पुस ३०, २०७८ शुक्रबार ९:२१ बजे

काठमाडौँ- हालै फेसबुकले आफ्नो कम्युनिटी गाइडलाइन राम्रोसँग पालना नगर्ने फेसबुक एकाउन्टलाई स्थायी तथा अस्थायी बन्दलाई तीव्रता दिएको छ । गत डिसेम्बरको अन्त्यमा नेपालबाट पनि निकै फेसबुक खाता निस्क्रिय भएको थियो । फेसबुकले खाता बन्द गरेपछि यसलाई रिभ्यु गर्न १ महिना समय दिएको हुन्छ तर कतिपयले डिसेबल्ड भएको फेसबुक एकाउन्टको रिभ्युको लागि रिक्वेष्ट पठाउन सकेका छैनन् । रिभ्युका लागि रिक्वेष्ट गर्दा कोभिडका कारण हाल कर्मचारी कम रहेको भन्ने जवाफ फेसबुकले दिने गरेको छ । 

यसरी फेसबुकले हाल निकै सानो गल्ती तथा कम्युनिटी गाइडलाइन पालना नगर्ने खातालाई ७२ घण्टादेखि सधैँको लागि समेत बन्द गर्ने गर्छ । कतिपय अवस्थामा फेसबुकले आलोचना गरेको आधारमा समेत फेसबुक एकाउन्ट बन्द गर्दै आएको छ । केहि समयअघि भारतमा मोदीको आलोचना गर्ने पेज तथा एकाउन्टहरू बन्द गरेको थियो । फेसबुक आफ्नो कम्युनिटी गाइडलाइन पालना नगर्नेको खाता चेतावनी तथा बिना चेतावनी बन्द गर्न सक्छ । 


के हुँदा फेसबुकले आफ्नो कम्युनिटी पालना नगरेको मान्छ ?
आतंकवादी क्रियाकलाप
हिंसा र आतंकवादी क्रियाकलापमा देखिएका फेसबुक खातालाई फेसबुकले शंका लागेमा तुरुन्तै निस्क्रिय गर्न सक्नेछ । फेसबुकले प्रयोगकर्ताको हरेक एकाउन्टलाई निकै सुक्ष्म रोबोटिक सिस्टमबाट नियालेको हुने हुँदा यससम्बन्धि कुनै छनक पाएमा मात्र पनि फेसबुकले कारबाही गर्ने गरेको छ ।

सुरक्षा
फेसबुकले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । सुरक्षा अन्तर्गत यसमा हुने यौनजन्य सामाग्रीदेखि लिएर बुलिङ जस्ता कुरा भएमा केहि समयको लागि चेतावनी स्वरूप बन्द गर्ने गरेको छ । त्यस्तै बालबालिका जन्य यौन सामाग्री सेयर गरेमा भने फेसबुकले च्याट सुविधा तथा लाइकजस्ता यसको फिचर अस्थायी रूपले बन्द गर्ने गरेको छ । यदि पटक-पटक दोरिएमा भने खाता सधैँको लागि बन्द हुने हुन्छ । 

आपत्तिजनक सामग्री 
फेसबुकले कतिपय अवस्थामा आपत्तिजनक सामग्री पोस्ट गरेको आधारमा समेत खाता बन्द गर्ने गरेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खातासमेत बन्द गरेको थियो । घृणा फैलाउने सामग्री तथा आपत्तिजनक ग्राफिक सेयर गर्दा समेत फेसबुकले सहँदैन । यौनजन्य सामग्रीमा शिक्षा फैलाउने उद्देश्य देखिएमा भने फेसबुकले त्यसलाई केही गर्देन । 

स्पाम लिंक 
फेसबुकमा स्पाम लिंक सेयर गर्दा समेत फेसबुकले खातालाई अस्थायी तथा स्थायी रूपले बन्द गर्ने गर्छ । फेक लाइक, सेयर बढाउन प्रयोग गरिने साइटहरूको प्रयोग गर्दा पनि फेसबुकले खाता बन्द गर्ने गरेको छ । त्यस्तै गलत समाचार सेयर गरे बापत फेसबुकले कारबाही गर्छ । गलत समाचार सेयर गरेमा फेसबुक खाता केही समय तथा सधैँको लागि समेत बन्द गर्ने गरेको छ ।

कपी राइट 
कसैको बौदिक सम्पतीलाई अनुमतिबिना प्रयोग गरेमा समेत फेसबुकले त्यसमा कारबाही गर्ने गरेको छ । अरूको बौदिक सम्पती सेयर गर्दा त्यसको मालिकले रिपोर्ट गर्दा फेसबुकले अत्यन्तै गम्भीर तरिकाले लिने गरेको छ । यसरी कतिपय अवस्थामा आफूले प्रयोग गर्ने पेज तथा ग्रुपले फेसबुकको कम्युनिटी गाइडलाइन पालना नगरेको अवस्थामा समेत त्यसको प्रभाव खातामा पर्न सक्ने हुन्छ । यसले पेज तथा ग्रुप एवं फेसबुक अकाउन्टै बन्द हुनसक्छ । 


Author

थप समाचार
x