सूचना-प्रवधि

यी हुन् २०२१ मा सर्वाधिक कमाउने पाँच युट्युबर

इकागज |
माघ २, २०७८ आइतबार ९:१६ बजे

काठमाडौँ - २०२१ सकिएको १५ दिन हुँदा केही समयमात्र भएको छ। २०२१ मा भएका नयाँ नयाँ रेकर्डहरू भने सार्वजनिक हुने क्रम भने आझै जारी छ । यस्तैमा २०२१ मा सर्वाधिक कमाई गर्ने युट्युबरहरूको तथ्यांङ्क सार्वजनिक हुन थालेका छन् । सन् २०२१ मा उत्कृष्ट १० उत्कृष्ट युट्युबरले ३० करोड भन्दा माथि कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ । यहाँ फोर्ब्सले निकालेको सन् २०२१ मा सर्वाधिक कमाउने पाँच युट्युबरको बारेमा चर्चा गरिन्छ । उनीहरूले युट्युब तथा यसमा ब्राण्डको प्रचार बापत रकम आम्दानी गरेका थिए ।

मिस्टरबिस्ट


यस्तैमा २३ वर्षीय एक अमेरिकी नागरिक मिस्टरबिस्ट २०२१ मा सर्वाधिक कमाउनेको पहिलो स्थान ओगटन सफल भएका छन्। नाम जिमी डोनाल्डसन रहेका उनले सन् २०२१ मा ५ करोड ४० लाख अमेरिकी डलर कमाई गरेका छन् । फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टअनुसार २०२१ मा उनको कुल कमाई ५ करोड ४० लाख रहेको थियो । मिस्टरबिस्टले १० वर्षीय रायन काजीलाई पछि पारेर पहिलो भएका हुन । रायन दुई वर्षदेखि सर्वाधिक कमाउनेको सूचीमा रहेका थिए । उनको युट्युबमा नेटफ्लिक्सको चर्चित सिरिज स्किड गेमको आफ्नै संस्करण बनाएर होस्ट गरेका थिए । 

जेक पल

सर्वाधिक कमाई गर्ने युट्युबरको सूचीमा जेक पल दोस्रो स्थानमा छन्। सन् २०२१ मा युट्युबबाट पलले ४ करोड ५० लाख डलर कमाएको फोर्ब्सले जनाएको छ । पेसाले बक्सर रेहेका पल युट्युबमा यससँग सम्बन्धित भिडियो हाल्ने गरेका छन् । उनले युट्युब तथा विभिन्न ब्राण्ड साझेदारीमा ४ करोड ५० लाख डलर कमाएको फोर्ब्सले जनाएको छ।

मार्किपिलर

सन् २०२१मा युट्युबबाट सर्वाधिक कमाई गर्ने सूचीको तेस्रो स्थानमा मार्किपिलर रेहेका छन् । सोसल मिडियामा निकै चर्चित रहेका उनले युट्युबमा विभिन्न टि-सर्ट तथा अन्य भिडियोहरू राख्‍ने गरेका छन् । उनले सन् २०२१ मा ३ करोड ८० लाख अमेरिकन डलर कमाएका थिए ।

रेहेट एण्ड लिंक

रेहेट एण्ड लिंक सन् २०२१ मा युट्युबबाट सर्वाधिक कमाई गर्नेको चौंथो स्थानमा रहेका छन । दुई जना प्रस्तोता रहेको यस च्यानलमा विभिन्न डेली टक सो हुँदै किचेनको समेत सिरिज समेट्ने गरेका छन् । उनीहरूले २०२१ मा युट्युब तथा ब्राण्डको विज्ञापनबाट ३ करोड कमाएका फोर्ब्सले जनाएको छ ।

अनस्किपेबल

सन् २०२१ को युट्युबबाट कमाउने सर्वाधिक कमाई गर्ने पाँचौ स्थानमा अनस्किपेबल नामका युट्यबर रहेका छन् । उनले युट्युब तथा अन्य ब्राण्ड साझेदारीमा २ करोड ८५ लाख डलर कमाई गरेको फोर्ब्सले जनाएको छ । उनले आफ्नो युट्युब भिडियोमा माइनक्राफ्ट गेम लगायतका भिडियो हाल्ने गरेका छन् ।

 

 

 

 

 


Author

थप समाचार
x