सूचना-प्रवधि

यसरी भइरहेको हुन्‍छ तपाईँको फेसबुक ट्रयाक, बन्‍द कसरी गर्ने ?

इकागज |
माघ ५, २०७८ बुधबार ८:४३ बजे

काठमाडौँ- फेसबुकले तपाईँको फेसबुक बाहेकका (अफ एक्टिभिटी ट्रयाक) गतिविधिलाई समेत जासुसी गर्न सक्ने कुरा तपाईँलाई थाहा नहुन सक्छ । फेसबुक नचलाएको समयमा पनि तपाई कुन कुन वेबसाइट, एप र रियल लाइफ स्टोरहरू भिजिट गर्नुहुन्छ र थर्ड पार्टी (तेस्रो पक्ष) एपबाट फेसबुकले त्यसको विवरण संकलन गरिरहेको हुन्छ । तपाईँ साइन अफ विथ फेसबुक अप्सन प्रयोग गर्दा कतिपय विवरणहरू तेस्रो पक्षले सजिलै हेर्न सक्ने र यसबाट तपाईँको डाटा समेत संकलन गर्नसक्छन् ।

फेसबुकले तपाईँको एक्टिभिटी ट्रयाक गरको लाग्छ भने तपाईँ यसलाई तल दिएको केही स्टेप फलो गरेर बन्द गर्नसक्नुहुन्छ । अफ एक्टिभिटी तथा थर्ड पार्टी एक्सेस जस्ता कुराले तपाईँको डाटा अन्यको हातमा पुग्‍न सक्छ । आइफोनका प्रयोगकर्तालाई भने ट्रयाक एक्टिभी रोक्नको लागि आइओएस १४ माथि विशेष सुविधा दिएको छ ।


फेसबुक ट्रयाक कसरी बन्द गर्ने ?
सबैभन्दा पहिले फेसबुकको सेटिङमा जानुहोस् र त्यहाँ गएर ‘योर फेसबुक इन्फर्मेसन’ छनौट गर्नुहोस् । ‘योर फेसबुक इन्फर्मेसन’ मा रहेको ‘अफ फेसबुक एक्टिभिटि’ मा जानुहोस् । त्यहाँ तपाईलाई फेसबुले कसरी तपाईको ‘अफ फेसबुक एक्टिभीटि’ ट्रयाक गरिरहेको छ भनेर त्यसको तरिका देखाउँछ ।

तपाईँले कुनै अनलाइन स्टोरमा केही समान खरिद गर्नुभयो भने त्यस स्टोरले फेसबुकसँग उक्त व्यक्तिको गतिविधिलाई सेयर गर्छ । त्यहाँ एउटा ब्यानर देखापर्छ जसमा प्रयोगकर्ताले प्रयोग गर्ने वेबसाइट तथा एपहरूको बारेमा दिइएको हुन्छ । त्यहाँ रहेका एप आईकनमा क्लिक गरेर प्रयोगकर्ताले त्यसको श्रोतको लिस्ट हेर्न सक्छन् ।

यस्ता ट्रयाकिङलाई बन्द गर्न ‘म्यानेज योर अफ फेसबुक एक्टिभीटि’ लाई स्क्रिनको दायाँ भागमा मेनुमा क्लिक गर्नुहोस् । अब ‘फ्युचर अफ फेसबुक एक्टिभिटि’ छेउमा रहेको स्विचलाई सारेपछि फेसबुकले तपाईँको आगामी दिनको गतिविधिलाई सेभ गर्ने छैन । थर्डपार्टी एपमा कुनै एक्सेस दिनुभएको छ भने सोको विवरण भने फेसबुकले तपाईँलाई दिनेछैन ।

फेसबुकमार्फत साइनअप नगर्नुहोस्
हामीले कतिपय अवस्थामा कुनै पनि एप तथा गेम आदिको लागि थर्डपार्टी एपलाई एक्सेस दिएको हुन्छौँ जसले गर्दा कतिपय विवरण सो एप डेभपलरको हातसम्म पुगेको हुन्छ । थर्डपार्टी एपमा दिएको विवरणहरू एप निर्माताले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्छ । यदि तपाईँ आफ्नो डाटा सुरक्षित होस भन्‍ने चाहानुहन्छ भने थर्डपार्टी एक्सेस बन्द गर्नुहोस ।

हामीले कतिपय अवस्थामा थर्डपार्टी एप वेबसाइटलगायतले मागेको डाटा राम्रोसँग अध्ययन नै नगरी ग्रयान्टेड गर्छौं । यसबाट हाम्रो अकाउन्ट तथा गोप्य डाटाहरूसमेत अन्यको हातमा पुग्‍न सक्छ । यदि कुनै एप वा अन्य कुरामा साइन अप वा लगिन गर्दै हुनुहुन्छ भने इमेलले साइनअप गर्नुहोस । फेसबुक, ट्‍वीटरलगायतका सोसल मिडियाबाट साइनअप नगर्नुहोस । 


Author

थप समाचार
x