सूचना-प्रवधि

यी हुन् २०२१ का उत्कृष्ट मोबाइल भिडियो इडिटिङ एप

इकागज |
माघ ७, २०७८ शुक्रवार ८:४८ बजे

काठमाडौँ- तपाईँले आफ्नो युट्युब च्यानल, फेसबुक तथा अन्य प्लाटर्फमका लागि भिडियो बनाउँदै हुनुहुन्छ भने तपाईँले भिडियो कसरी रेकर्ड गर्ने तथा कसरी इडिट गर्ने भन्‍ने जानकारी हुन निकै जरुरी हुन्छ । फोनमा राम्रो हार्डवेयर स्पेसिफिकेसन तथा क्यामरा भएको स्मार्टफोन तपाईँसँग छ भने तपाईँले सजिलै भिडियो बनाउन सक्नुहुन्छ तपाईँलाई अन्य कुनै पनि उपकरणको आवश्यकता पर्दैन । तपाईँले प्लेस्टोर तथा एप स्टोरमा त्यस्ता थुप्रै एप्लिकेसनहरू भेटिन्छन् । यस्ता एपले तपाईँले खिचेको भिडियो सम्पादन गर्न सहयोग गर्दछन् । सन् २०२१ मा मोबाइलबाट उत्कृष्ट मोबाइल भिडियो इडिटिङ मध्ये यहाँ ५ एपका बारेमा चर्चा गरिन्छ ।

साइबर लिङ्क एक्सनडिरेक्टर
साइबर लिङ्क एक्सनडिरेक्टर मोबाइलमा भिडियो इडिटको लागि अर्को उत्कष्ट भिडियो उत्कष्ट मोबाइल एप हो । यसमा भएको दर्जनौ फिल्टरले गर्दा तपाईँको भिडियो झनै उत्कृष्ट बन्‍न सक्छ । सबै फिल्टर प्रयोगका लागि भने यसमा पनि निस्चित शुल्क तिर्नुपर्ने हुन्छ । एन्ड्रोइड तथा आइओएस दुवैमा सपोर्ट गर्छ । यसले मोबाइलबाटै इडिट गरेर एचडी भिडियो बनाउन सक्छ । यस एप भलाउनको लागि पनि निकै सजिलो रहेको छ ।


इनसट भिडियो इडिटर 
इनसट भिडियो इडिटर भिडियो इडिटिङ्‌का लागि अर्को एक उत्कृष्ट एप्लिकेसन हो । इनसट भिडियो इडिटरमा तपाईँले चाहे जस्ता फिल्टरहरू पाउन सक्नुहुनेछ । यसमा भएका उत्कृष्ट एडिटिङ् सिस्टमले गर्दा तपाईँलाई ल्यापटप वा कम्प्युटर भन्दा फरक अनुभूति दिनेछ । यो पनि दुवै एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध छ । यस एप पनि प्रयोगकर्तामैत्री रहेका कारण पहिलोपटक चलाउँदा पनि सजिलै इडिट गर्न सकिने छ ।

एडोबी रस
प्रिमियर प्रोको मोबाइलका लागि एक उत्कृष्ट भिडियो इडिटिङ् एप हो एडोबी रस । यो एप्लिकेसन एन्ड‍ोइड तथा आइओएस दुवैमा उपलब्ध छ । यस एप्लिकेसन सुरुमा ३ पटक तपाईँले प्रयोग गरेपछि मासिक शुल्क तिर्नुपर्ने हुन्छ । यसको लाइबेरीमा एनिमेडेड टाइटल उत्कृष्ट फन्टहरू समेत रहेको छ । प्रयोगकर्ताले आफूले चाहेको क्वालिटीमा भिडियो बनाउन सक्ने हुँदा यो एप पनि निकै उत्कृष्ट रहेको छ ।

सिटी प्रो
सिटी प्रो भिडियो इडिटिङ् एप एन्ड्रोइड तथा आइ‌ओएस् दुवै प्लाटफर्ममा उपलब्ध छ । यस तपाईँ अन्य एपभन्दा चाँडै भिडियो तयार गर्न सक्नुहन्छ । यसको भिडियो विभिन्‍न फर्म्याटमा समेत बनाउन सकिन्छ । तपाईँको युट्युब च्यानल छ र चाँडो भिडियो बनाएर अपलोड गर्नका लागि यो एप उत्कृष्ट हुनसक्छ । प्रयोगकर्ताले यस एपलाई प्रथमपटक प्रयोग गर्दा भने केही झन्झट हुन सक्छ ।

काइन-मास्टर
मोबाइलमा भिडियो इडिटको लागि सबैभन्दा लोकप्रियमध्येको एक भिडियो इडिटिङ एप हो काइन-मास्टर एप, यदि तपाईँ उत्कृष्ट तथा गहन रुपमा भिडियो निर्माण गर्न चाहनुहुन्छ भने यो एप तपाईँका लागि अत्यन्तै उपयोगी हुन्छ । यो एपको प्रारम्भिक भर्सन निशुल्क उपलब्ध हुन्छ । तर बिना वाटरमार्कको लागि भने तपाईँले निस्चित शुल्क तिर्नुपर्ने हुन्छ । यो एप अन्य भन्दा प्रयोग गर्नको लागि भने निकै सजिलो रहेको छ । यसमा इडिट भएका भिडियोलाई प्रयोगकर्ताले आफूले रूचाएको क्वालिटीमा राख्‍न सक्छन् ।
 


Author

थप समाचार
x