सूचना-प्रवधि

पूर्वाञ्‍चल विश्वविद्यालयले लिने सबै परीक्षा स्थगित

इकागज |
माघ ७, २०७८ शुक्रवार १३:५० बजे

फाइल फाेटाे

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयले कोभिड संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ । 

परीक्षा नियन्त्रक प्रा.मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् । 


उनका अनुसार ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो । 


Author

थप समाचार
x