सूचना-प्रवधि

पूराना ल्यापटप कसरी 'फास्‍ट' चल्ने बनाउने ?

इकागज |
माघ १३, २०७८ बिहिवार ९:६ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रत्येक दिन हामी घर वा कार्यालयमा कार्यसम्पादन गर्दा कम्प्युटर वा ल्यापटपको प्रयोग गर्छौँ । काम गर्दा बेला-बेला कम्प्युटर वा ल्यापटप ह्याङ्ग भएर हैरान बनाउँछ । कम्प्युटर,ल्यापटप ह्याङ्ग हुँदा तपाईंले गर्दै गरेको कार्यमा समेत अवरोध आउँछ । यसरी ल्यापटप वा कम्प्युटर ह्याङ्ग हुनुमा त्यसमा भएको हार्डवयेर तथा सफ्टवेरको क्षमताले गर्दा हुन्छ ।  

कतिपय मानिस कम्प्युटर वा ल्यापटप किन्ने बेलामा धेरै विचार नगरी किन्ने गर्छन् । ल्यापटप वा कम्प्युटरमा प्रत्येक दिन नयाँ अपडेट आउने हुँदा किन्नु अघि विशेष ध्यान पुर्‍याउन जरुरी छ । ल्यापटप भएका र्‍याम तथा हार्डवेयर पछि थपघट गर्न गाह्रो हुने हँदा पहिला नै यसको बारेमा पहिला नै जानकारी राखेर मात्र खरिद गर्नुपर्छ । 


कम्प्युटर वा ल्यापटप खरिद गर्दा तपाईंले प्रयोग गर्ने ल्यापटप वा कम्प्युटरमा चाहिने ग्राफिक कार्डको बारेमा ध्यान पुर्‍याउन जरुरी छ । ग्राफिक कार्ड बढी भएको ल्यापटप वा कम्प्युटरको मूल्य बढी पर्ने हुँदा धेरैले कम र्‍याम भएको ग्राफिक कार्ड छान्ने गर्छन् यसले पछि गएर कम्प्युटर ह्याङ्ग हुने समस्या हुन्छ । यसकारण ल्यापटप वा कम्प्युटर किन्नु अघि सबै कुरा विचार गरेर मात्र किन्नु पर्छ । पुराना ल्यापटप अत्यन्तै स्लो हुँदा ग्राफिक कार्डको प्रयोग गरेर केही छिटो बनाउन सकिन्छ ।

ग्राफिक कार्ड के हो ?
ग्राफिक कार्ड एउटा इलेक्ट्रोनिक कार्ड वा हार्डवेयर कम्पोनेन्ट हो । ग्राफिक कार्ड कम्प्यूटर वा ल्यापटप बाहेक अन्य स्मार्टफोनमा राखिएको हुन्छ । कम्पनीको तर्फबाट, ग्राफिक कार्ड ल्यापटप वा कम्प्यूटरको मदरबोर्डमा इनबिल्ट हुन्छ । बजारबाट एक्स्ट्रा ग्राफिक कार्ड किनेर समेत प्रयोग गर्न सकिन्छ । बजारमा र्‍याम अनुसारको मूल्यमा ग्राफिक कार्डहरु पाइन्छन् । 

ग्राफिक कार्डको प्रयोग किन?
बजारमा पाइने ल्यापटप वा कम्प्युटरमा गेमिङ्ग वा प्रोसेसिङ्गको लागि यो कार्ड हुनु महत्त्वपूर्ण मानिन्छ । कम्प्युटर वा ल्यापटपमा गेम खेल्दा होस् वा ठूला सफ्टवयेर चलाउँदा नै किन नहोस् यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भिडियो सुन्दर बनाउँन प्रयोग गरिने भिएफ एक्सको प्रयोग गर्नको लागि ग्राफिक कार्डको प्रयोग अत्यन्तै महत्वपूर्ण हुन्छ । यसको प्रयोग बिना भिडियो सम्पादन गर्न सकिदैन ।

ठूलो ग्राफिक कार्डको फाइदा
ग्राफिक कार्डहरू प्रत्येक ल्यापटप वा कम्प्युटरमा । तपाईंलाई आफ्नो कम्प्युटर वा ल्यापटपमा ठूलो क्षमताको सफ्टवेयर प्रयोग गर्नुहुन्छ भने तपाईंलाई बढी क्षमता भएको ग्राफिक कार्ड आवश्यकता पर्ने हुन्छ । मानौ तपाईं आफ्नो ल्यापटपमा फोरके भिडियो इडिट गर्न चाहानुहुन्छ भने तपाईं बढी क्षमताको ग्राफिक कार्ड आवश्यकता पर्छ । सानो क्षमताको कार्ड प्रयोग गर्दा ह्याङ्ग हुने तथा अन्त्यमा भिडियो तयार नहुने समस्या पर्छ । त्यसैले ल्यापटप वा कम्प्युटर किन्नुअघि आफ्नो आवश्यकता पहिचान गर्नुहोस् । ग्राफिक कार्डको प्रयोगले ल्यापटप वा कम्प्युटरको क्षमता बढ्न जान्छ । 

 


 


Author

थप समाचार
x