सूचना-प्रवधि

नेपालका छविलाल, क्यानडामा अन्तराष्ट्रिय सम्मेलन गर्दै

इकागज |
माघ २०, २०७८ बिहीबार १२:३ बजे

काठमाडौँ - नेपालका छविलाला (कनराड) रिजालले क्यानडामा अन्तराष्ट्रिय सम्मेलन गर्ने भएका छन् । आउँदो मे २५ देखि २८ सम्म उनले आफ्नो कम्पनी सिड नानोटेक इन्टरनेसनलमार्फत अन्तराष्ट्रिय सम्मेलन गर्ने भएका हुन् ।

यस सम्मेलनमा विश्वका जुन कुनै व्यक्तिले भाग लिन सक्नेछन् । रिजालले क्यानेडेली नागरिकसँग मिलेर उक्त सम्मेलन गर्न लागेका हुन् । यसअघि २०२१ मा पनि उनले अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेका थिए ।


सो सम्मेलन मा २३ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा विद्यार्थी, उद्यमी, इन्जिनीयर, डाक्टर, प्रोफेसरहरुले सहभागिता जनाउन पाउनेछन् । कोभिडका कारण यो सम्मेलन भर्चुअल हुनेछ ।

गत वर्ष भएको सम्मेलनमा नेपालबाट पाँच जनाले सहभागिता जनाएका थिए । अन्य जापान, अमेरिका, क्यानाडा, युरोप, भारत, रुसलगायत देशका व्यक्तिहरुले सहभागिता जनाएका थिए । पोखराबाट भौतिक रुपमा सम्मेलन सुरु गर्न लागेका रिजालले कोभिडका कारण यो सम्मेलन भर्चुअल गर्ने भएका छन् ।

यो सम्मेलन प्रत्येक बर्ष विभिन्न देशमा संचालन गर्ने रिजालकाे याेजना छ । यो वर्ष पनि ५० भन्दा बढी व्यक्तिहरुले सम्मेलनमा सहभागी हुने रिजालको अपेक्षा गरेका छन् । यो सम्मेलन गर्नुको मुख्य उद्देश्य भनेको वर्तमान नानो टेक्नोलोजी सम्बन्धी खोज, विचार, ज्ञान र सूचनाहरु आदान प्रदान गर्नु रहेको रिजालले बताए । सहभागीहरुले केही मेम्बर भएर वा थाेरै रकम तिरेर सम्मेलनमा सहभागी हुन सक्नेछन् ।

लामो समयदेखि विदेशमा रहेका म्याग्दीका रिजालले दुईवटा विषयमा पीएचडी गरेका छन् । उनीअध्यात्मिक बिषाय र त्यस्काे बैज्ञानिक सम्बन्धको पनि गहिरो रुचि राख्दछन्।

 

विस्तृत जानकारीको लागि यहाँ क्लिक https://seed-nanotech.com/categories/ गर्न सक्नु हुनेछ।


Author

थप समाचार
x