सूचना-प्रवधि

इन्‍टरनेटबिना डाउनलोड गरेको भिडियो कसरी हेर्ने ?

इकागज |
माघ २४, २०७८ सोमवार १०:१६ बजे

काठमाडौँ- मोबाइलमा चलाउँदै गर्दा कति भिडियोहरू मन पर्ने हुन्छ । यस्ता भिडियोहरू डाउनलोड गरेर इन्टरनेटनभएको अवस्थामा पनि हेर्न चाहनुहन्छ भने तल दिएका केही उपाय अपनाउनु सक्नुहुन्छ । एकपटक युट्युब भिडियो डाउनलोड गरिसकेपछि त्यसलाई चाहेको समयमा अघाउञ्जेल हेर्न सक्नुहुनेछ त्यो पनि इन्टरनेट कनेक्सनको चिन्ता नलिइकन । 

यहाँ हामी तपाईंलाई युट्युब भिडियो डाउनलोड गर्ने तरिका सिकाउँदैछौं । सामान्यतया युट्युबमा भएका भिडियो डाउनलोड गर्न अन्य कुनै साइट वा एप्लिकेशनको मद्दत लिनुपर्ने हुन्छ । तर यसो नगरी पनि तपाईंले सजिलै आफूलाई मनपर्ने भिडियो डाउनलोड गर्न सक्नुहुन्छ । यसको लागि तलको उपाय अपनाउनुहोस् ।


युट्युब एपबाट भिडियो डाउनलोड
युट्युबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिन्छ । त्यसका लागि तल दिएका स्टेपहरू पालना गर्नुहोस् ।

- आफ्नो स्मार्टफोनमा युट्युब एप खोल्नुहोस् ।
- एपमा कुनै पनि भिडियो खोल्नुहोस् ।
- टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ । यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड गर्ने अनुमति दिएको छ भने मात्रै यो बटन देखिन्छ ।
- डाउनलोडमा थिच्नुहोस् र त्यसपछि तुरुन्तै भिडियो डाउनलोड हुन थाल्छ । यसलाई तपाईं मन लागेको समयमा हेर्न सक्नुहुन्छ।

युट्युबबाट भिडियो डाउनलोड गर्ने सरल तरिका यही हो । तर, सबै भिडियोहरु डाउनलोड गर्नलाई उपलब्ध हुँदैनन् र यो विधिले मोबाइलमा मात्र काम गर्छ । यदि तपाईं आफ्नो कम्प्युटरमा भिडियो संग्रह गर्न चाहनुहुन्छ भने त्यसको लागि तलको उपाय अपनाउनुहोस् ।

युट्युबमा अफलाइन डाउनलोड विकल्प नभएका भिडियोहरूको हकमा यसरी डाउनलोड गर्न सकिन्छ ।
- प्रथमत: आफूलाई मन परेको भिडियो छान्नुहोस् ।
- मोबाइलबाट हुनुहुन्छ भने डेस्कटप मुडमा जानुहोस ।
- डेस्कटप मुडमा खुलेको भिडियोलाई अगाडि रहेको ३ वटा डब्ल्यू र डट हटाएर त्यसको ठाउँमा एस एस राख्नुहोस् ।  
- अब तपाईं डाउनलोड गर्ने पेजमा पुग्नुहुन्छ । त्यहाँ आफूले चाहेको भिडियो लिंक राखेर तपाईंलाई पायक पर्ने क्वालिटीको भिडियो डाउनलोड गर्न सकिन्छ । यसको क्रोम तथा अन्य व्राउजरको एक्स्टेन्सन समेत रहेको हुँदा चाहिएको खण्डमा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुनेछ । 

यसरी तपाईंले इन्टरनेट नपुगेका स्थानमा पनि भिडियो डाउनलोड गरेर हेर्न सक्नुहुनेछ । 
 


Author

थप समाचार
x